विवाहपँचमीमा हेलिकप्टरबाट फूल बर्षा हुने
सोहि दिन दिनको २ बजे जानकी मन्दिर, राम मन्दिर, बारहविघा लगायतको स्थानमा पुष्प अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष रानाले जानकारी गराएका छन् ।

२०७८ मंसिर २१ मंगलबार, दिउँसो ४:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोली बुधबार विवाहपँचमीको अवसरमा पुष्पवृष्टि (फूलबर्षा) गरिने भएको छ ।
रामजानकी विवाह महोत्सव अर्थात बिवाहपँचमी महोत्सवको अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गर्ने कार्यक्रम रहेको छ । नेपाल राष्ट्रिय नागरिक समाज धनुषाले हेलिकप्टरबाट फूल बर्षाउने भएको छ ।
जनकपुरधाममा प्रत्येक वर्ष मनाइदै आएको रामजानकी विवाह महोत्सवमा लाखौँको सँख्यामा देश विदेशबाट आउने श्रद्धालुहरुमाथि पुष्पवृष्टि गरिने जनाईएको छ ।
विवाह पञ्चमीका दिन नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले हेलिकप्टरबाट पुष्प अर्पन गरिने संस्थाका अध्यक्ष प्रकाश जंग रानाले बताए ।
सोहि दिन दिनको २ बजे जानकी मन्दिर, राम मन्दिर, बारहविघा लगायतको स्थानमा पुष्प अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष रानाले जानकारी गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…