जनकपुरमा भगवान रामले आज शिवधनुष तोडदै
धनुषयज्ञको लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै अपरान्ह करिब ४ बजेदेखि नै धनुषयज्ञको कार्यक्रम सुरु गरिने जनाइएको छ ।

२०७८ मंसिर १९ आइतबार, बिहान ८:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन भएको छ भने आज तेस्रो दिन आईतबार धनुषयज्ञ हुने भएको छ ।
सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ भएको थियो । शनिबार फूलबारी लीला विवाहमण्डपको बगैँचा फूलबारीमा सम्पन्न भएको छ । आज धनुषयज्ञमा रामसीताको धनुषलिला प्रतिकात्म रुपमा देखाइने छ ।
त्रेतायुगमा भगवान श्री राम एवम् जगत जननी माता सीताको स्वयम्वर भएको दिनलाई प्रतिकात्मक बनाई प्रत्येक वर्ष जनकपुरधाममा धनुषयज्ञ गरिदै आएको छ । धनुषयज्ञ भने बाह्रविघा रंगभूमि मैदानमा हुने जानकी मन्दिरका छोटा महन्त रामरोशन दास वैष्णवले न्यूज ब्यूरोसँग भने ।
धनुषयज्ञको लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै अपरान्ह करिब ४ बजेदेखि नै धनुषयज्ञको कार्यक्रम सुरु गरिने जनाइएको छ ।
देश विदेशबाट आउने श्रद्धालु भक्तजन एवम् अयोध्याबाट आउने जन्ती (बारात) लाई मध्यनजर गर्दै सुलभ शौचालय, वास, खानको व्यवस्था आयोजक समितिले सहज पार्ने जनाइएको छ ।
पहिले पहिले अयोध्याबाट जन्ती आउँदा हात्ति, घोडा, उँट चढेर हजारौँ हजारको सँख्यामा जन्ती तथा श्रद्धालुहरु आउने गर्दथ्यो । वितग केही वर्षदेखि देशको राजनीतिक अस्थिरता र सुरक्षाको दृष्टीकोणले पनि श्रद्धालु कम आएको देखिएपछि अब यसपालीदेखि पुनः पौराणिक समय दोहरिन लागेको उत्तराधिकारी दासले बताए ।
अयोध्याबाट जन्तीहरु महोत्तरीको मटिहानीमा विश्राम लिएका छन् । दिउँसो ३ बजेतर्फ जनकपुर आउने जन्तीहरुलाई बाह्रविघा मैदानमा भव्य स्वागतको तयारी समेत जनकपुरवासीले गरेका छन् । अपरान्ह ४ बजेदेखि ६ बजेसम्म हुने धनुषयज्ञमा जन्तीहरुलाई सहभागी गराइने छ ।
आज दिउँसो देखि सुरु हुने धनुष यज्ञमा हजारौँ श्रद्धालुहरु सहभागी हुने छ । यसपाली मित्र राष्ट्र भारतको विभिन्न ठाउँबाट विवाहपँचमीको सप्ताव्यापी कार्यक्रमदेखि नै उपस्थिति जनाएको देखिएको छ ।
धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि साधारण मनुष्यको अवतारमा आएका भगवान विष्णुको राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेपछि रामसीताको विवाहभएको किम्बदन्ती छ । धनुषयज्ञको प्रतिकात्मक लीला अति रोमाञ्चित हुन्छ ।
विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन , दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर १५ गते राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । विवाह महोत्सवका लागि यसवर्ष पनि अयोध्याबाट हजारौंको संख्यामा साधुसन्त जन्ती बनेर आएका हुन् ।
रामजानकी विवाहमहोत्सव त्रेता युगमा भगवान रामजानकीको विवाह भएको संस्मरणमा मनाईदै आएको छ । मधेश मिथिलाको रितीरिवाजअनुसार बैबाहिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…