मिथिला बिहारीका मेयर यादवद्धारा २४० परिवारलाई न्यानो कम्बल
कम्बल ह्विल चेयर पाउँदा हर्शित हुँदै जाडो जस्तो समयमा कम्बल पाउँदा खुसी व्यक्त गरे ।

२०७८ मंसिर १८ शनिबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले शनिबार २४० परिवारलाई कम्बल वितरण गरेको छ ।
३० औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा मिथिला बिहारी नगरपालिकामा २४० परिवार लाई बितरण गरिएको हो ।
मेयर अनिल कुमार यादवले नगरभित्रको विपन्नमध्ये २४० जना फरक क्षमता भएका व्यक्तिलाई कम्बल र ५ जनालाई माया ममता र सम्मान स्वरुप ह्वील चेयर , बैसाखी लगायत अन्य अपांग सदुपयोग सामग्री वितरण गरेका हुन् ।
नगरपालिकाबाट विनियोजित बजेट अपांग दिवस अवसर पारेर अपांगहरुप्रती माया स्वरुप कम्बल लगायत विभिन्न सामग्रीहरु बितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले बताए ।
कम्बल ह्विल चेयर पाउँदा हर्शित हुँदै जाडो जस्तो समयमा कम्बल पाउँदा खुसी व्यक्त गरे ।
सो कार्यक्रममा बुद्धिजीवी समाजसेवी ,नगरपालिकाका कर्मचारी लगायत जनप्रतिनिधिहरुलो उपस्थितिमा नगरपालिकाको कार्यलयमा सम्पन्न भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…