धरानमा भयँकर दुर्घटना, श्रीमान श्रीमति गम्भिर
दुर्घटनामा परि कारमा सवार ५७ वर्षीय कमल पौडेल र उनको श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएका छन् । घाइते मध्ये कमल पौडेलको दाहिने घुँडामा चोट लागेको छ भने श्रीमतीको अवस्था सामान्य रहेको प्रतिष्ठान प्रहरीले जनाएको छ ।

२०७८ मंसिर १७ शुक्रबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धरान । धरानबाट इटहरी तर्फ गईरहेको को १ ख २९८८ नं। को यात्रुवाहक बस र इटहरीबाट धरान आइरहेको प्रदेश ३–०१ ००२३ च ३८९४ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा परि कारमा सवार ५७ वर्षीय कमल पौडेल र उनको श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएका छन् । घाइते मध्ये कमल पौडेलको दाहिने घुँडामा चोट लागेको छ भने श्रीमतीको अवस्था सामान्य रहेको प्रतिष्ठान प्रहरीले जनाएको छ ।
तीब्र गतिमा रहेका सवारी एक आपसमा ठोक्किदा बसको अगाडीको दाया तर्फबो चक्का नै उछिट्टएको थियो भने कारको पनि अगाडीको चक्का उछिट्टएको थियो ।
कारको एयरब्याग खुलेको कारण कारमा सवार चालक र यात्रु दुवैको ज्यान जोगिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…