भारतमा कोरोनाको भेरियन्ट ओमिक्रोन भेटिएपछि बोर्डरमा सुरक्षा अपनाउन माग
उनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुक भारतमा सो भेरिन्ट देखिएसँगै नेपालमा पनि जोखिम बढेको बताए । ‘छिमेकी मुलुक भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ।’

२०७८ मंसिर १७ शुक्रबार, दिउँसो ४:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका अध्यक्ष रामबाबू यादवले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भित्रिन नदिनेतर्फ अग्रसरता देखाउन सरकारसँग माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुक भारतमा सो भेरिन्ट देखिएसँगै नेपालमा पनि जोखिम बढेको बताए । ‘छिमेकी मुलुक भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ।’
उनले जोखिम कम गर्न तथा भेरियन्ट भित्रिन नदिन तत्काल उच्च कदम चाल्न आग्रह गरेका छन् । ‘जोखिम कम गर्न तत्काल उच्च कदम चाल्न र नाकामा हेल्थ डेस्क स्थापनाकासाथै परीक्षणमा कार्यमा अग्रसरता देखाउन सरकारसँग जोड दिन माग गर्दछु ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…