प्रदेश २ः हेलिकप्टर चार्टर्ड गरेर छोराको विवाह 

२०७८ मङ्सिर १७ शुक्रबार
बिहान १०:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ मा एक अभिभावकले आफ्नो छोराको विवाहमा हेलिकप्टर नै चार्टर्ड गरे । 

बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन्।

जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकप्टर चार्टर्ड गरेका थिए।

बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो।

हेलिकप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका थिए।

छोराले बिहेमा हेलिकप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए।

‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो’, बेहुलाका बुवा जोगीले भने, ‘बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो।’

उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए। छोराको बिहेमा हेलिकप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए।

हिन्दी फिल्ममा हिरो हेलिकप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए।

‘हेलिकप्टर चढ्ने इच्छा थियो, बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो,’ उनले भने।

  • 15%
  • 5%
  • 2%
  • 70%
  • 2%
  • 3%

जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

  • २०७८ मङ्सिर १७ शुक्रबार

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो

पूरा पढ्नुहोस्

Bureau Menus

} }