आज कक्षा १२ को रिजल्ट आउँदै
कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।

२०७८ मंसिर १७ शुक्रबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेपछि बोर्डको बैठक डाकिएको छ ।
नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।
विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…