नेताको ससुरा (ससुर) को मृत्यूमा प्रदेशको मुख्यमन्त्रीद्धारा शोक
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ४ बस्ने राम चन्द्र यादवको ७० बर्षको उमेरमा असमायिक मृत्यू भएपछि मुख्यमन्त्री राउतले शोक व्यक्त गरेका हुन् ।

२०७८ मंसिर १६ बिहीबार, बिहान १०:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का एक नेताको ससुरा (ससुर) को मृत्यू भएपछि प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले शोक वक्तत्व जारी गरेको छ ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको ससुराको मृत्यू भएपछि मुख्यमन्त्री राउतको नीजि सचिवालयबाट शोक वक्तत्व जारी गरिएको हो ।
महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनीधि सभा सदस्य समेत रहेका डा. यादवको ससुराको मृत्यूपछि प्रदेशका मुख्यमन्त्रीले शोक जाहेर गरेका छन् ।
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ४ बस्ने राम चन्द्र यादवको ७० बर्षको उमेरमा असमायिक मृत्यू भएपछि मुख्यमन्त्री राउतले शोक व्यक्त गरेका हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…