सिरहा क्षेत्र नं. १ को सभापतिमा चौधरी विजयी
निर्वाचनको क्रममा कुल ६४५ मत खसेकोमा महेश चौधरीले ३२४ मत तथा कन्हैया गुप्ताले ३१५ मत ल्याएको हो ।

२०७८ मंसिर १६ बिहीबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित नेपाली काँग्रेसको १४ औँ महाधिबेशनबाट क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी विजयी भएका छन् ।
गत मँसिर १२ गते महाधिवेशनको लागि सर्व सहमतिबाट प्रयास गरेपनि सर्व सहमति हुन नसक्दा उम्मेदवारहरुले सभापतिको लागि निर्वाचन प्रक्रियामा गएको थियो ।
सभापतिको लागि भएको मतदानको क्रममा महेश चौधरीले प्रतिद्धन्द्धी कन्हैया प्रसाद गुप्तालाई उछिन्दै ९ मत बढी ल्याएर विजयी भएका हुन् ।
गत सामेबार भएको निर्वाचनको क्रममा कन्हैया गुप्ता र महेश चौधरीले सभापतिको लागि उम्मेदवारी दिएको थियो । बुधबार अबेर रातीसम्म भएको मतगणनाको क्रममा महेश चौधरी ९ मत बढी ल्याएर विजयी भएका हुन् ।
निर्वाचनको क्रममा कुल ६४५ मत खसेकोमा महेश चौधरीले ३२४ मत तथा कन्हैया गुप्ताले ३१५ मत ल्याएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…