नागरिकताको साथै न्यानो कपडा पनि बाँडदै सिडिओ कणेल
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाई २०७८ सालमा पनि निरन्तरता दिने जिल्ला विपद ब्यवस्थापन समिति सिरहाको निर्णय अनुसार सिडिओ कणेलले विपन्न सेवाग्राहीलाई न्यानो कपडा समेत दिने गरेका छन् ।

२०७८ मंसिर १५ बुधबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । निरन्तर चर्चामा रहँदै आएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले यस वर्षपनि सेवा सहित न्यानो कपडा दिन सुरु गरेका छन् ।
गत वर्ष जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाको लागि आउने सेवाग्राहीमध्ये विपन्न सेवाग्राही, वृद्धवृद्धा तथा जरुरतमन्दलाई न्यायो कपडा सहित घर पठाएका सिडिओ कणेलले यसवर्ष पनि सो अभियानलाई निरन्तरता दिएका छन् ।
हुनेले नहुनेलाई सहयोग गरौँ भावना सहित सिडिओ कणेलले जिल्ला प्रशासन कार्यालय सिरहामा नागरिकता बनाउन आउने तथा अन्य सेवाको लागि आउने सेवाग्राहीलाई न्यानो माया सहित घर फर्काउने गरेका छन् ।
आउँन लागेको चिसोको कारण सेवाग्राहीलाई कपडा सहितको सेवालाई निरन्तरता दिएका हुन् । मँगलबार मात्र एक सेवाग्राहीलाई नागरिकता दिनुको साथै न्यानो कपडा समेत दिए ।
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ लाई २०७८ सालमा पनि निरन्तरता दिने जिल्ला विपद ब्यवस्थापन समिति सिरहाको निर्णय अनुसार सिडिओ कणेलले विपन्न सेवाग्राहीलाई न्यानो कपडा समेत दिने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…