मुस्लिम दलितले शिक्षामा जोड नदिए प्रदेशको विकास असम्भव: मुख्यमन्त्री राउत
वडा अध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व कृषिमन्त्री एवं जसपाका केन्द्रिय सदस्य हरिनारायण यादव, प्रदेश कमिटी सदस्य मोजिम राइन, रामजानकी यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

२०७८ मंसिर १४ मंगलबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउतले मुस्लिम दलित लगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गरेका छन् ।
महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शिक्षामा पछि परेका मुस्लिम दलित लगायतको समुदायले शिक्षामा जोड नदिए सम्म प्रदेशको विकास सम्भव नरहेको बताए ।
पिछडिएको समुदायलाई शिक्षामा अगाडी बढाउन प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको उल्लेख गर्दै उनले उक्त योजनाहरुको लाभ लिन सर्वसाधारणहरुलाई आग्रह समेत गरे।
वडा अध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व कृषिमन्त्री एवं जसपाका केन्द्रिय सदस्य हरिनारायण यादव, प्रदेश कमिटी सदस्य मोजिम राइन, रामजानकी यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…