गैर–आवासीय मधेशी संघद्धारा विदेशमा मृतक मण्डलका पार्थिव शरीरलाई उद्दार
उनले कम्पनी र देशको नियम बमोजिम नै कुनै पनि कम्पनीमा काम गरे परेशानी नहुने बताए ।

२०७८ मंसिर १३ सोमबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एक युवकको पार्थिव शरिरलाई गैर आवासीय मधेशी सँघ (एनआरएमए) उद्धार गरेको छ ।
वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक कुवेत गएका प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर ९ बस्ने राम नन्दन मण्डलको छोरा बर्ष ३८ को रामबाबु मण्डलको पार्थिव शरिरलाई उद्धार गरेको हो ।
वैदेशिक रोजगारीमा जाँदा कुबेतमा काम नपाउँदा भागेर अन्य कम्पनीमा अवैद्यानिक रुपमा काम गर्ने क्रममा विरामी भई मृत्यू भएपछि उनलाई कसैले देखेनन् । कसैले उद्धार नगरेपछि उनको मृत शरिर कैयौँ दिनसम्म त्यतिकै राखिँदा गैर आवासीय मधेशी सँघ कुबेत शाखालाई जानकारी भएलगत्तै उनको पार्थिव शरिरलाई उद्धार गरेको हो ।
मृतक युवकको घर परिवारले जनमत को केन्द्रिय सदस्य निर्मल मंडललाई आफ्नो व्यथा सुनाएपछि एक्सन लिएका जनमतका नेता मण्डलले उनको पार्थिव शरिर ल्याउनको लागि प्रयास थालेका थिए ।
गैर आवासीय मधेशी सँघ कुवेत शाखाले कुबेतको लागि नेपाली दुतावाससँग समन्वय गरी आईबार उनको पार्थिव शरिरलाई नेपाल झिकाएको हो । १२ गते आईतबार मृतक पार्थी शरीरलाई कुवेत शाखाको केन्द्रिय अध्यक्ष माकेश्वर यादव, उपाध्यक्ष सुर्य नारायण यादव, कोषाअध्यक्ष दिपेन्द्र कुमार लगायत अन्य स्वराजीहरुको सहयोग तथा पहल गरि नेपाल पठाएको हो ।
उनको पार्थिव शरिरलाई नेपाल झिकाउँदै जनमतका नेता मण्डलले विदेश जाने वा बस्ने नेपालीहरुसँग कुनै पनि कम्पनीमा अवैद्यानिक (ईलिगल) भई काम नगर्न आग्रह गरे । उनले कम्पनी र देशको नियम बमोजिम नै कुनै पनि कम्पनीमा काम गरे परेशानी नहुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…