घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने युवक पक्राउ
पक्राउ परेका चेम्जोङले तस्करहरुसंग मिलेर रकम असुल्ने गरेको पाइएको छ । उनि विराटनगरको रानी , मटेरुवा,स्लामपुरलगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसंग रकम असुल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

२०७८ मंसिर १३ सोमबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । सादा पोशाकको घुमुवा प्रहरी हुँ भन्दै व्यापारी संग रकम असुल्ने विराटनगर महानगरपालिका १२ का पुष्पराज चेम्जोङलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको छ ।
सोमबार चेम्जोङले भारतको जोगवनी देखि सामान खरिद गरेर आएका व्यापारीहरुलाई नक्कली प्रहरी बनेर रकम असुल्दै गरेको अवस्थामा पक्राउगरेको मोरङ प्रह्रीका प्रवक्त डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका चेम्जोङले तस्करहरुसंग मिलेर रकम असुल्ने गरेको पाइएको छ । उनि विराटनगरको रानी , मटेरुवा,स्लामपुरलगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसंग रकम असुल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
चेम्जोङले अबैध रुपमा भारतदेखि भित्राएको सामानहरु ल्याउने क्यारिङ गर्नेहरुसंगको मिलेमत्तो रहेको र उनिहरुलाई पनि आफु प्रहरीको घुमुवा हुँ भनेर रकम असुल्ने गरेकोे पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चेम्जोङलाई आज जिल्ला अदालतबाट अभद्र व्यवहारको मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…