धनुषा क्षेत्र नम्बर ४ को क्षेत्रीय प्रतिनीधिमा यादव सर्वसम्मत, सभापतिको उम्मेदवारी सम्भावना
सोमबार सम्पन्न भएको अधिवेशनबाट यादव खुल्ला तर्फबाट महाधिवेशन प्रतिनीधिमा चयन भएका हुन् । उनले भने, “महाधिवेशन प्रतिनीधिमा चयन भएपनि केन्द्रीय सदस्य देखि पदाधिकारीसम्म लडन सक्ने अधिकार हुन्छ ।”

२०७८ मंसिर १३ सोमबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जारी नेपाली काँग्रेसको १४ औँ अधिवेशनको क्रममा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय प्रतिनीधिमा नवल किशोर यादव चयन भएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट उनलाई सोमबार महाधिवेशन प्रतिनीधिको लागि चयन गरिएको हो । सोमबार सम्पन्न अधिवेशनबाट महाधिवेशन प्रतिनीधिको रुपमा सर्व सहमतिले चयन गरिएको हो ।
नेपाली काँग्रेसका सक्रिय भएर लागेका नेता यादवलाई पदाधिकारीहरुले नै सर्व सहमति दिएपछि उनी महाधिवेशन प्रतिनीधिको लागि क्षेत्र नम्बर ४ बाट चुनिएका हुन् ।
क्षेत्रमा सहमतिको आधारमा चयन प्रतिनीधिमध्ये नवल किशोर यादव सभापतिको लागि दाबेदार समेत मानिएका छन् । यद्यपी, उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने वा नदिने बारे प्रष्टाएनन् ।
सोमबार सम्पन्न भएको अधिवेशनबाट यादव खुल्ला तर्फबाट महाधिवेशन प्रतिनीधिमा चयन भएका हुन् । उनले भने, “महाधिवेशन प्रतिनीधिमा चयन भएपनि केन्द्रीय सदस्य देखि पदाधिकारीसम्म लडन सक्ने अधिकार हुन्छ ।”
तरुण दलको निर्वतमान केन्द्रीय सदस्य समेत रहको नेता यादव नेपाली काँग्रेसको महाधिवेशन प्रतिनीधिको रुपमा निर्विरोध चयन भएपछि उनलाई बधाईको ओइरो लागेको छ ।
उनी नेपाली काँग्रेसका नेता एवम् पूर्व साँसद चन्द्रमोहन यादवको नजिकी एवम् विश्वासिलो पात्र मानिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…