माओवादी केन्द्रको विदेह नगरपालिका नगर अध्यक्षमा मण्डल निर्विरोध
अधिवेशनको लागि जिल्ला सह–इन्चार्ज झल्कु यादव , जिल्ला अध्यक्ष दिपक यादव , शहिदनगरका माओवादी नगर अध्यक्ष तनुकलाल यादव, उपाध्यक्ष क। सुरेश कापर , सचिव राम किशोर पासवान, वाईसिएलका केन्द्रिय सदस्य सरोज यादवको विषेश उपस्थितिमा समिति सर्व सहमतिले चयन गरिएको हो ।

२०७८ मंसिर १२ आइतबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको जारी अधिवेशनबाट धनुषाको विदेह नगरपालिकाको नगर अध्यक्षमा दुःखी मण्डल चयन भएका छन् ।
आईतबार विदेह नगरपालिकाको तिनकोरियास्थित सम्पन्न नगर अधिवेशनबाट नगर अध्यक्षमा मण्डललाई सर्वसहमतिले चयन गरिएको हो ।
माओवादी केन्द्रका जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यसमा सम्पन्न अधिवेशनबाट मण्डलाई नगर अध्यक्षमा चयन गरिएको हो ।
यस्तै, समितिको उपाध्यक्षमा शिव कुमार गोईत, जयराम मण्डल र रामश्रेष्ठ मुखियालाई चयन गरिएको हो । समितिको सचिवमा वडा नं. ४ का वडाध्यक्ष समेत रहेका विनोद गोहितमान, सहसचिवमा दिल कुमार पासवान र कोषाध्यक्षमा उमेदा खातुनलाई चयन गरिएको हो ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) को विशेष आतिथ्यमा सम्पन्न अधिवेशनबाट सो समिति चयन गरिएको हो ।
अधिवेशनको लागि जिल्ला सह–इन्चार्ज झल्कु यादव , जिल्ला अध्यक्ष दिपक यादव , शहिदनगरका माओवादी नगर अध्यक्ष तनुकलाल यादव, उपाध्यक्ष क। सुरेश कापर , सचिव राम किशोर पासवान, वाईसिएलका केन्द्रिय सदस्य सरोज यादवको विषेश उपस्थितिमा समिति सर्व सहमतिले चयन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…