नेपाली काँग्रेसको प्रदेशसभा क्षेत्रीय सचिवमा ठाकुर निर्विरोध
विगतदेखि नै नेपाली काँग्रेसमै सक्रिय भएर पार्टीप्रति देखाएको वफादारी तथा कार्यसम्पादनको आधारमा उनलाई क्षेत्रीय सचिवको जिम्मेवारी दिएको हो ।

२०७८ मंसिर १२ आइतबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको जारी १४ औँ अधिवेशनबाट धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट सचिवमा भरत ठाकुर (मनोहर) निर्विरोध चयन भएका छन् ।
आईतबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट नेपाली काँग्रेसको क्षेत्रीय समिति सचिवमा मनोहर ठाकुरलाई निर्विरोध चयन गरिएको हो । उनी धनुषाको कमला नगरपालिकाको वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनीधि (डेलिगेट) भईसकेका छन् ।
लामो समयदेखि नै नेपाली काँग्रेसको विद्यार्थी एवम् भातृ सँगठन नेपाल विद्यार्थी सँघ (नेविसंघ) मा सक्रिय रहँदै आएका ठाकुर प्रदेशसभा क्षेत्रीय सचिवमा निर्विरोध चयन भएका छन् ।
अधिवेशनको क्रममा विभिन्न स्थानबाट योग्य उम्मेदवार छनौटको निर्णय भएसँगै ठाकुरलाई सचिवको लागि उपयुक्त र जिम्मेवारी बहन गर्न सक्ने क्षमताको आधारमा सबै जनाले सर्व सहमति गरेपछि प्रदेश सभा क्षेत्रीय सचिवमा उनले जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि धनुषा कमला नगरपालिका वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनीधिको लागि पनि उनलाई निर्विरोध र सर्वसहमति नै दिएको थियो । कमला नगरपालिका सहित निर्वाचन क्षेत्र नम्बर २ (क) मा उनको सक्रियता अधिक मानिन्छ ।
विगतदेखि नै नेपाली काँग्रेसमै सक्रिय भएर पार्टीप्रति देखाएको वफादारी तथा कार्यसम्पादनको आधारमा उनलाई क्षेत्रीय सचिवको जिम्मेवारी दिएको हो ।
प्रदेश सभा क्षेत्र सचिवमा निर्विरोध चयन भएपछि उनलाई विभिन्न माध्यमबाट बधाई दिइएको छ । समाजिक सँजाल, एसएमएस, फोन मार्फत उनलाई शुभचिन्तक, ईष्टमित्रहरुले बधाई दिने क्रम जारी छ ।
अधिवेशनबाट धनुषाको क्षेत्र नं २९क० को सचिव जस्तो पदमा निर्विरोध चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…