कांग्रेस र जसपाबाट ४५ जना जनमतमा प्रवेश
कांग्रेसले ठग्यो, एमालेले दमन गर्यो, माओवादीले हत्या गरायो, जसपा–राजपाले भोट लियो तर हाम्रो आन्दोलनलाई नै बेचिदियो।’ अध्यक्ष डंगौराले भने,‘थारुहरुको अबको विकल्प बैज्ञानिक डा.सीके राउतले नेतृत्व गरेको जनमत पार्टी नै हो।'

२०७८ मंसिर ११ शनिबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, टिकापुर । जनमत पार्टीको कैलालीस्थित जोशीपुर गाउँपालिकाको नगर समिति अध्यक्षमा गणेश डंगौरा निर्वाचित भएका छन्।
शनिबार जोशीपुरको रामनगर बञ्जरियामा भएको जनमत पार्टीको प्रथम नगर अधिवेशनबाट डंगौरा अध्यक्षमा निर्वाचित भएका हुन्।
यसैगरी उपाध्यक्षमा जुगरानी डंगौरा, सचिवमा राजकुमार डंगौरा र कोषाध्यक्षमा राजकुमारी चौधरी निर्वाचित भएकी छिन्।
प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष एवं केन्द्रीय परिवेक्षक बीपी साहको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस र जसपाबाट ४५ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।
नगर अधिवेशनको अवसरमा प्रमुख अतिथि साहले थरुहट–थारुवानमा पनि जनमत पार्टी बलियो भएर आउने बताएका छन्।
थारुहरुको पहिचान र अधिकारको लडाईमा अन्य पार्टीभन्दा जनमत पार्टी अगाडि रहेका बताउँदै साहले भने,‘जनमत पार्टीले पूर्वी मधेश कब्जा गरिसकेको छ, अब थरुहट–थारुवान पनि कब्जा गर्नेछ। यहाँको नेतृत्व थारुहरुले नै गर्नेछ। जनमत पार्टीले थारुहरुलाई कार्यकर्ता होइन नेता बनाउँदैछ।’
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डंगौराले आफूहरुलाई नेपाली कांग्रेस, एमाले, माओवादी र केही मधेशवादी जस्ता पार्टीले बारम्बार शोसन गरेको बताए।
‘कांग्रेसले ठग्यो, एमालेले दमन गर्यो, माओवादीले हत्या गरायो, जसपा–राजपाले भोट लियो तर हाम्रो आन्दोलनलाई नै बेचिदियो।’ अध्यक्ष डंगौराले भने,‘थारुहरुको अबको विकल्प बैज्ञानिक डा.सीके राउतले नेतृत्व गरेको जनमत पार्टी नै हो।'
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…