धनुषाको धनौजीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर
शिविरमा बालरोग विशेषज्ञ डा. सरिता झा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रविन कुमार झा , जनरल फिजिसियन डा बिपिन कुमार झा ,डा रबि रंजन प्रधान , स्थानीय अ.हे.ब डा. रुपक पंडित ,स्त्रीरोग विशेषज्ञ जस्ता विभिन्न रोगसम्बन्धी विशेषज्ञले सेवा प्रदान गरेको थियो । सो शिविरको क्रममा गाउँपालिकाको विभिन्न वडाबाट आवश्यक व्यक्तिहरु

२०७८ मंसिर ११ शनिबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दक्षिणी धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ धनौजी बजारस्थित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता रोशन मिश्रको अगुवाईमा सो शिविर सम्पन्न भएको हो ।
शिविरमा बालरोग विशेषज्ञ डा. सरिता झा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रविन कुमार झा , जनरल फिजिसियन डा बिपिन कुमार झा ,डा रबि रंजन प्रधान , स्थानीय अ.हे.ब डा. रुपक पंडित ,स्त्रीरोग विशेषज्ञ जस्ता विभिन्न रोगसम्बन्धी विशेषज्ञले सेवा प्रदान गरेको थियो ।
सो शिविरको क्रममा गाउँपालिकाको विभिन्न वडाबाट आवश्यक व्यक्तिहरुले सेवा लिएका हुन् । शिविरमा २०० बढी जनाले सेवा लिएको लोसपाका युवा नेता रोशन मिश्रले जानकारी दिए ।
नेपाल–भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक नेपाल द्वारा रोशन मिश्रको अगुवाइमा शिविर संचालन गरिएको थियो । शिविरबाट सयौँ जना लाभान्वित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…