काँग्रेसमा धनुषा निर्वाचन क्षेत्र नं. १ (ख) बाट सभापतिमा लामा निर्वाचित
समानुपातिक आदिवासी जनजाती तर्फ चन्द्र वहादुर वुलन समानुपातिक दलित तर्फ इन्दल पासवान ,मधेशी महिला तर्फ राम शिला यादव ,कविता मण्डल मधेशी पुरुष तर्फ शंकर प्रसाद यादव संजय सिहं दनुवार अल्पसंख्यक तर्फ रामचन्द्र सिहं चयन भएका हुन् ।

२०७८ मंसिर ११ शनिबार, बिहान ११:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको प्रदेशसभा क्षेत्रीय अधिवेशनअन्तर्गत क्षेत्र नम्बर १ (ख) को सभापतिमा ऋषिकेश लामा निर्वाचित भएका छन् ।
क्षेत्रीय सभापतिको लागि लामा सहित मदन यादव समेत उम्मेदवारी दिएका थिए । निर्वाचन प्रक्रियबाट शुक्रबार छानिएको समितिमा लामाले २५७ मत प्राप्त गरे भने मदन यादवले मात्र ७० मत प्राप्त गर्दा लामा विजयी भएको हो ।
उपसभापतिको लागि चार जना उम्मेदवारी दिएकोमा राम अशिष साह २५९ मत ल्याएर विजयी भएका हुन् । उनका साथै अर्का उपसभापतिमा मिथिला यादवले २५६ मत ल्याए ।
सचिवको लागि आनन्द कुमार मण्डल र रुदल महतो तथा सहसचिव रामबली मंडल र दुर्गी देवि साह निर्वाचित भएका हुन । प्रत्यक्ष महिला सद्स्य मिनादेवी साह ,बिध्या देवि भुजेल,निता गिरी भारती लगायतका रहेको जनाइएको छ ।
यस्तै, प्रत्यक्ष पुरुष खुल्ला सद्स्य तर्फ सुरेश कुमार ठाकुर हजाम ,सुरेन्द्र कुमार चौधरी ,राजेन्द्र मण्डल ,रामसुन्दर यादव ,मो मकसुद आलम राईन ,बिनोद दिपलामा ,मोद कुमार महतो चयन भएका छन् ।
समानुपातिक आदिवासी जनजाती तर्फ चन्द्र वहादुर वुलन समानुपातिक दलित तर्फ इन्दल पासवान ,मधेशी महिला तर्फ राम शिला यादव ,कविता मण्डल मधेशी पुरुष तर्फ शंकर प्रसाद यादव संजय सिहं दनुवार अल्पसंख्यक तर्फ रामचन्द्र सिहं चयन भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…