फेरी फोहोरमय बन्दै जनकपुरधाम, जताततै फोहोर
आपूmहरु गत बर्षको कोरोना कालदेखि यस बर्ष सम्म अहोरात्र उप– महानगरको सरसफाई तथा बर्षातको बेला पानी निकास सम्म गरेका छौं, जतिवेला राजनीतिकर्मीहरु आफ् ना बालबालिकाहरुसंग चाडपर्वको बेला रमाईरहेका हुन्छ त्यतिवेला मेयर हामीलाई काममा लगाएका हुन्छन ।

२०७८ मंसिर ११ शनिबार, बिहान ८:१६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रेपछि जनकपुरधाम अहिले फोहरमय बनेको छ । फोहरमयले गर्दा सुंगुरहरु खेल्ने र रमाउने स्थलको रुपमा परिणत भएको छ ।
सरसफाई कर्मचारीलाई जनकपुरधाम–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पंकज मण्डलले कुटपिट गरेपछि उनीहरु विगत ४ दिन देखि कार्यालयका सम्पूर्ण कामकाज ठप्प गरी आन्दोलनमा उत्रेका छन् ।
उप– महानगरका सरसफाईदेखि लिएर कार्यालयका सम्पूर्ण कर्मचारीहरु आन्दोलनमा उत्रेपछि कार्यालयको पनि सम्पूर्ण कामकारवाही ठप्प छ ।
गत मंगलवार वडा ३, ४ र ७ का वडाध्यक्ष तथा वडासदस्यहरुले नगरको सरसफाईलाई लिएर कार्यालयमा नारावाजी गर्नुका साथै मेयर लाल किशोर साहको कार्यकक्षमा तालावन्दी समेत गरेका थिए ।
आइतवार सरसफाई कर्मचारीलाई दुव्र्यवहार गरेका वडाध्यक्ष सिंह र वडासदस्य मण्डलको बचाउमा उनीहरुले नारावाजी र तालावन्दी गरेको कर्मचारीहरुको आरोप छ ।
आइतवार वडाध्यक्ष सिंह र सदस्य मण्डलले दुव्र्यवहार गरेपछि सोमवार देखिनै कर्मचारीहरु आन्दोलन गर्ने योजना बनाई रहेको थाहा पाएपछि मंगलवार वडाध्यक्ष दिपेन्द्र साह, सुदर्शन सिंह, जानकी राम साह लगायतका वडासदस्यहरु आपूmहरु चोखो बन्नकालागि नारावाजी र तालावन्दी गरेको सरसफाई कर्मचारीहरु बताउँछन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…