चुनाबमा नेताहरुले भोंट माग्न आए पाँच बर्षको हिसाबकिताब अवश्य खोज्नुः उपाध्यक्ष कुशवाहा
उनले भने, –“हामी आफै समिक्षा गरौं के त्यो बराबरको बिकास भएको छ? होईन भने पुनः हाम्रो मत उसैलाई किन्न ? हामी आफैलाई सजग बन्नु पर्ने अवस्था आएको छ। आउने चुनाबमा कुनै पार्टीले मत माग्न आए अघिल्लो पाँच वर्षको हिसाब किताब माग्नु होला। दिन सकेन भने तु को तु जनकारबाही गरेर पठाउनुहोला ।”

२०७८ मंसिर १० शुक्रबार, दिउँसो १२:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाले आगामी चुनावमा भोँट माग्न आए जनप्रतिनीधिसँग पाँच बर्षको बिकासको हिसाबकिताब माग्न अनुरोध गरेका छन् ।
जनमत पार्टीले बिहिबार बारा जिल्लाको फेटा बजारमा सम्पन्न गरको आम सभामा बोल्दै उपाध्यक्ष कुशवाहाले बर्तमान अवस्थामा देशमा भ्रष्टाचार जस्तो धमिरा चरम सिमामा पुगेकोले यसलाई परास्त गर्नु जरुरी भएको बताए ।
उनले फेटा गाउँपालिकाकै उदाहरण दिदै ५ वर्षकै बजेटलाई नगरपालिकाको हरेक घरमा बाँडेपनि प्रती परिवार पाँच लाख पर्ने बताउँदै पाँच बर्षको हिसाबकिताब माग्न अनुरोध गरे ।
उनले भने, –“हामी आफै समिक्षा गरौं के त्यो बराबरको बिकास भएको छ? होईन भने पुनः हाम्रो मत उसैलाई किन्न ? हामी आफैलाई सजग बन्नु पर्ने अवस्था आएको छ। आउने चुनाबमा कुनै पार्टीले मत माग्न आए अघिल्लो पाँच वर्षको हिसाब किताब माग्नु होला। दिन सकेन भने तु को तु जनकारबाही गरेर पठाउनुहोला ।”
समृद्ध मधेश निर्माणका लागि एक मात्र पार्टी जनमत पार्टी रहेकोले आउने चुनाबमा जनमतको लाउड्स्पिकरमा मतदान गरि जनमतको सरकार बनाउन अनुरोध समेत गरे ।
कार्यक्रममा बोल्दै जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सीके राउतले बारा जिल्ला बिरको भुमी रहेको बताए। देशको हरेक परिवर्तनकारी आन्दोलनमा बारा जिल्लाको अहम भुमीका रहेको डा. राउतको भनाइ थियो ।
बारा जिल्ला ऐतिहासिक राज्य सिम्रोनगढ राजाको राजधानीको रहेको र अनेकौं राजा महाराजहरूले हजारौ वर्ष राज्य गरेको इतिहास बताए।
उनले अबको आउने चुनाबमा पात्र परिवर्तन गरि सुपर भिजनेरी उम्मेदवार लाई मतदान गरि जनताराज ल्याउनुपर्छ बताए। जसका लागि जनमत पार्टीको लाउड्स्पिकरमा मतदान गरि बिजय बनाउनु पर्छ।
वर्षौं देखि खाईरहेको औषधिले रोग निको भैरहेको छैन भने औषधि परिवर्तन गर्नु पर्छ। त्यसरी नै यी पार्टीलाई बदलेर लाउड्स्पिकर नामको औषधि खान डा. राउतले अनुरोध गरे ।
मधेशको संस्कृति लाई याद दिलाउदै डा. राउतले मधेशमा कुनै पनि शुभ कार्य हुदा यहाँ उपवास बसेर गरिन्छ। तर हामी सरकार निर्माण जस्तो पबित्र काम गरिरहदा मान्स(दुरु खाए गर्छौं भने के यो सरकार राम्रो बन्न सक्छ त ? कदापी होईन , तसर्थ सरकार निर्माण जस्तो पबित्र काममा कसैको पनि दारु मान्स नखाई उपवास बसेर स्वक्ष उम्मेदवार लाई जिताउन अनुरोध गरे ।
कार्यक्रममा अर्का उपाध्यक्ष नेता अबदुल खानले यसै गाउँपालिकाको बिकास नबन्नुको कारण लोसपा नेता जितेन्द्र सोनल रहेको दाबी गरे ।
मधेशमा बिधमान अशिक्षा, बेरोजगारी , गरिबीको मुल जड यही सत्ताधारी काङ्ग्रेस , कम्युनिस्ट , जसपा ,लोसपा रहेको बताउदै यी पार्टीहरुलाई आउने चुनाबमा सखाप गरि एक क्षेत्र जनमतको सरकार बनाउन अनुरोध समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…