१५ किशोरीलाई शहर घुमाईदिने प्रलोभन दिएर कैयौँ पटक बलात्कार, गर्भवति भएपछि पक्राउ

२०७८ मङ्सिर १० शुक्रबार
बिहान १०:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बीरगँज ।  १५ वर्षीय बालिकालाई विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

बालिकालार्य विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाउने तथा कपडा खरिद गर्ने प्रलोभन देखाएर विभिन्न स्थान तथा खेतमा लगेर पटक पटक जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारी रहेका छन् । बालिकाका अभिभावकले दिएको जाहेरीअनुसार अन्सारीले २०७८ जेठ १० गतेदेखि असोज ६ गतेसम्म पटक पटक करणी गरेको उल्लेख छ ।

पक्राउ परेका अन्सारीविरुद्ध ज बरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरक्षिक ओमप्रकाश खनालले बताए ।

  • 2%
  • 1%
  • 1%
  • 1%
  • 2%
  • 94%

जनकपुरको नैना हस्पिटलमा ८०० ग्रामको बच्चासहित आमालाई जोगाउन सफल

  • २०७८ मङ्सिर १० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको नैना अस्पतालले आठ सय ग्रामको बच्चासहित गर्भवती आमा जोगाउन सफल भएको छ ।  धनुषाको औरही गाउँपालिका वडा नम्बर ३ कपटौलकी २६ वर्षीया निर्माला कुमारी मण्डलले आठ

पूरा पढ्नुहोस्

Bureau Menus