कमला नगरपालिकाको काँग्रेसमा परिवारवाद हाबी, फुटको धारमा नेपाली काँग्रेस

चुनावमा असहयोगको आन्दोलनमा होमिने रणनीति समेत तय भइरहेको बुझिएको छ । 

२०७८ मङ्सिर १० शुक्रबार
बिहान ०९:१० बजे
न्यूज ब्यूरो, डेस्क
तस्विरमाः कमला नपाको नगर अधिवेशनको तस्विर, साँकेतिक प्रयोजनको लागि मात्र

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको क्रममा पार्टीभित्रै अन्तरघात र अन्तरद्धन्द्ध बढेपछि कमला नगरपालिकामा काँग्रेस फुटको धारमा देखिएको छ । 

नेपाली काँग्रेसका केही प्रतिनीधिहरुले नेपाली काँग्रेसमै सक्रिय भएर लागेका युवाहरुलाई बायकट्ट गरी परिवारका सदस्यहरुलाई मात्र सदस्यमा नाम दिएपछि नेपाली काँग्रेसमा अन्तरद्धन्द्ध बढेको छ । 

कमला नगरपालिकाको विभिन्न वडामा बर्षौदेखि नेपाली काँग्रेसमै सक्रिय भएर बसेका व्यक्तिहरुलाई क्रियाशिल सदस्यको सूचिबाट नाम हटाएपछि अन्तरद्धन्द्ध बढेको हो । 

नेपाली काँग्रेसको तत्कालिन वडा सभापति रोहित यादवले आफ्ना गोजीका मान्छेहरुलाई मात्र क्रियाशिल सदस्यमा नाम राखी बाँकीको नाम हटाएर जिल्लामा पठाएपछि अन्तरद्धन्द्ध बढेको हो । 

यादवले आफ्नो पायक पर्ने तथा परिवारिक दृष्टिकोणले मात्र नाम दिएका हुन् । नेपाली काँग्रेसमा सक्रिय भएका सदस्यहरुसँग सदस्यता वापत रकम लिएपनि उनीहरुको सदस्यता नविकरण नगरिदिँदा नेपाली काँग्रेसमा अन्तरद्धन्द्ध बढेको हो । 

वडा नम्बर २ मा काँग्रेसका तत्कालिन वडासभापति रोहित यादव सहित वडा सदस्य अमोद यादवले परिवारवाद प्रदर्शन गरेपछि काँग्रेस अहिले फुटको संघारमा देखिएको छ । कमला नगरपालिका वडा नम्बर २ मा केही सक्रिय सदस्यहरुलाई नाम हटाएर अन्य पार्टीलाई सहयोग गर्ने रणनीति बमोजिम सदस्यबाट नाम हटाएको बताइएको छ । 

गत २०७४ सालको चुनामा नेपाली काँग्रेसका वडासभापति हुँदाहुँदै रोहित यादवले तत्कालिन संघीय समाजवादी पार्टी (वर्तमान जनता समाजवादी पार्टी) लाई मत दिएको आरोप छ । वडाअध्यक्षमा काँग्रेसमा उम्मेदवारी दिएका नेता ठकाई यादवलाई असहयोग गर्दै अमोद यादव र रोहित यादवले उनको प्यानलको सबै भोँट मशाल छापमा बगाएको आरोप छ । 

काँग्रेसका क्रियाशिल सदस्य रहेका अमोद यादवले आफ्नै परिवारको अन्य चार जना सदस्यलाई क्रियाशिल सदस्यमा नाम दिएपनि नैतिक र भौतिक रुपले पनि काँग्रेसमै सक्रिय रहेका सत्यनारायण यादव (सत्ते) , निभा यादव, उपेन्द्र ठाकुरसँग नैतिक रिसबी साधेको आरोप लागेको छ । 

सदस्यता नविकरण र नयाँ सदस्यताको लागि वर्तमान नगर सभापति शिवशंकर यादव, वडासभापति रोहित यादव र अमोद यादवले प्रतिनिधित्व भूमिका निभाएका थिए । सक्रिय सदस्यतामा नविकरणको लागि २५० रुपैयाँको नविकरण वा नयाँ सदस्यको लागि रसिद कटाएपनि उनीहरुको नाम हटाएको हो । 

काँग्रेसको १४ औँ अधिवेशनमा पद पाउने लोभमा रोहित यादव र अमोद यादवले आफ्नो गोजीका मान्छेलाई मात्र सदस्यता वितरण गरेको आरोप नाम नखोल्ने शर्तमा एक सदस्यले बताए । 

नेपाली काँग्रेसको कमला नगरपालिका नगर समितिमै परिवारवादले थप जटिलता थपिएको छ । कहिल्यै काँग्रेसमा नदेखिएको अनुहारलाई परिवारिक हिसाबले सदस्य बनाएपछि काँग्रेसभित्रको आन्तरिक द्धन्द्ध झन उग्र भएको देखिएको छ ।

आउँदो चुनावसम्म कमला नगरपालिकाको नेपाली काँग्रेस दुई फाँट भई चुनावमा असहयोगको आन्दोलनमा होमिने रणनीति समेत तय भइरहेको बुझिएको छ । 

  • 33%
  • 0%
  • 0%
  • 0%
  • 33%
  • 0%

कमला नदीमा सीताको भव्य मटकोर सम्पन्न 

  • २०७८ मङ्सिर १० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव अन्तर्गत आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ ।  धनुषाको कमला नगरपालिका वडा नम्बर ६ मडानको कुम्भ घाटस्थित विधिवत रुपमा जानकी (सीता) को

पूरा पढ्नुहोस्

Bureau Menus