जनकपुरमा सडक अवरुद्ध गरी वकिलहरुको विरोध, बीच सडकमै लगाए कुर्शी 

२०७८ मङ्सिर ८ बुधबार
बेलुकी ५:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालत जनकपुरअगाडि सडक अवरुद्ध पारेर वकिलहरूले विरोधसभा गरेका छन् । 

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारको आन्दोलनको थप कार्यक्रमअन्तर्गत आज देशभरका उच्च अदालतमा प्रदर्शन गरिएको छ ।

सडक छेकेर वकिलहरूले विरोधसभा सुरू गर्दा सवारीसाधन रोक्न दुवैतिर प्रहरी परिचालित थिए । उनीहरूको आन्दोलनले सडक र उच्च अदालत दुवै ठप्प भयो । आन्दोलनकारीको अवरोधका कारण सेवाग्राही पस्न पाएनन् ।

विरोधसभामा बोल्दै नेपाल बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले देशभर रहेका १८ वटा उच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोधसभा गरेको जानकारी दिए । आन्दोलनको बलले प्रधानन्यायाधीशलाई हटाएरै छाड्ने उनले बताए ।

आन्दोलन न्यायपालिका शुद्धीकरणका लागि भएकाले सहयोगका लागि राजनीतिक दलको ध्यानाकर्षण र नागरिक समाजलाई पनि अपिल गरेको उनले बताए ।

 ‘संवैधानिक आयोगमा भागबण्डा र आफ्ना मान्छेलाई मन्त्री समेत बनाएकाले वर्तमान प्रधानन्यायाधीश पदमा बस्न लाइक हुनुहुन्न’, उनको टिप्पणी छ ।

बरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले संविधान र कानूनभन्दा माथि नरहेकाले प्रधानन्यायाधीशले आफ्नै लागि भएपनि राजीनामा दिनुपर्ने औंल्याए । 

उनले भने, ‘न्यायपालिकाप्रति रतिभर पनि माया छ भने प्रधानन्यायाधीशले राजीनामा दिउँन् । किनभने उहाँमाथि पनि भोलिको दिनमा मुद्दा लाग्यो भने यहीँ आउनुपर्छ ।’


From: Janakpurotday

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

नेपालमा ओमिक्रोन संक्रमण भेटिएका दुबै जना संक्रमणमुक्त, सम्पर्कमा आएका सबै नेगेटिभ

  • २०७८ मङ्सिर ८ बुधबार

न्यूज ब्यूरो, काठमान्डौँ ।  नेपालमा कोरोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

पूरा पढ्नुहोस्

Bureau Menus