खाली घरभित्र एक युवकको जलेको अवस्थामा लास
जलेको अवस्थामा शंकास्पद शव भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त कालिमाटीको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

२०७८ मंसिर ८ बुधबार, बेलुकी ५:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । खाली रहेको एक घरमा एक युवकको शँकास्पद लास फेला परेको छ ।
काठमाडौं महानगर–१३ बाफल गाईबाछा पाटीस्थित अच्यूत पाण्डेको खाली घरभित्र शरीर जलेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटी प्रमुख डिएसपी अनिल घिमिरेका अनुसार अन्दाजी ३२ वर्षीय पुरुषको शव जलेर नचिन्ने अवस्थामा भेटिएको हो ।
बुधबार मान्छे नबस्ने खाली घरमा भेटिएको शवको पोष्ट मार्टमका लागि शीक्षण अस्पताल महाराजगञ्ज पठाइएको डिएसपी घिमिरेले बताए ।
जलेको अवस्थामा शंकास्पद शव भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त कालिमाटीको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…