जनकनन्दिनी गाउँपालिका गाउँ सभापतिमा यादव निर्विरोध
जनकनन्दिनी गाउँपालिकामा पदाधिकारी सहित ४१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

२०७८ मंसिर ८ बुधबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको नगर (गाउँ) सभापतिमा दिलिप यादव निर्विरोध भएका छन् ।
जनकनन्दिनी गाउँपालिकामा नेपाली काँग्रेसको १४ औँ अधिवेशनबाट यादवलाई गाउँपालिका सभापतिमा यादवलाई निर्विरोध चयन गरिएको हो ।
मँगलबार सम्पन्न भएको १४ औँ अधिवेशनबाट नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका दिलिप यादव क्रियाशिल सदस्य जीतनारायण यादवका जेठा छोरा हुन् । काँग्रेसमा उनको लगानी छ ।
यस्तै, गाउँपालिका कार्य समितिको उपसभापतिमा जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका विष्णुदेव यादवलाई सर्व सहमतिले चयन गरिएको हो । यस्तै, अर्का उपसभापतिमा उसमान साफीलाई पनि सर्वसहमति दिइएको छ ।
कार्य समितिको सचिवमा राचन्द्र यादव र अनोज कुमार कापरलाई सर्व सहमतिले चयन गरिएको हो । समितिको सह सचिवमा दिपेश्वर यादव र भाग्यनारायण साहलाई सर्व सहमतिले चयन गरिएको हो ।
नेपाली काँग्रेसका मदन कार्कीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
जनकनन्दिनी गाउँपालिकामा पदाधिकारी सहित ४१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…