चलिरहेको थ्रेसरमा च्यापेर एक बालकको मृत्यू
उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ मंसिर ५ आइतबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ मा चलिरहेको थ्रेसरमा च्यापेर एक बालकको आज मृत्यू भएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधवपुरमा धान झार्ने थ्रेसरले च्यापीदा ८ वर्षीय बालकको मृत्यु भएको छ । भुटेश्वर साहका छोरा ओमबाबु साहको मृत्यु भएको हो ।
शनिबार राति साढे ८ बजे ना६त ५०४५ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई किचेको थियो ।
थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो । उपचारको क्रममा राति साढे ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…