न्यूज ब्यूरो, बारा । तराई मधेशमा तीव्र गतिले आफ्नो पक्कड बनाउँदै गएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाले आगामी चुनावमा जनमतले मधेश कब्जा गर्ने दाबी गरेका छन् ।
शून्यबाट सुरुवात गरेको जनमत पार्टीले केही समयमै तराई मधेशमा आफ्नो बलियो पक्कड बनाउँदै गएको बताउँदै उनले मधेशका १० लाख युवालाई रोजागारी दिने पहिलो प्राथमिकता रहेको बताएका छन् ।
बारा जिल्लाको महागढीमाई नगरपालिकामा शनिबार जनमत पार्टीको अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष कुशवाहाले आउँदो चुनावमा जनमत पार्टीले राजनीतिक हैसियतले मधेश कब्जा गर्ने दाबी गरे ।
उनले मधेशमा जनताराज ल्याउनको लागि जनमत पार्टीले घोषणा गरेको र भिजन ल्याएको १० लाख मधेशी युवाको रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक यात्रा सुरु गरेको बताए ।
गाँस, बास ,कपास, शिक्षा र स्वास्थ्य मानवको प्रमुख आवश्यकता भएकोले जनमत पार्टी जनताको मांग पूरा गर्न हरपल तयार रहेको तथा देशमा भईरहेको भष्ट्राचार, बेरोजगारी अन्त गरी जनताराज बनाउनको लागि १० लाख जनतालाई रोजगार दिने प्रतिबद्धता समेत उनले जनाए ।
नेपालको राजनीतिकमा बढी भ्रष्टचारी, सामान्तबादी, अनपढ, रंगभेदी नेता पसेको तथा देशको अर्थतन्त्र धरापमा पार्न गलतनियत बनाएका केही नैतिकहिन व्यक्तिहरूले जरो गाडेको जिकिर गरे ।
“सोझा साझा निमुखा जन्तालाई मास दारु खोवाई केही रूपैया पैसाको लालच दिइ लुटने गरेको, अनेकौं प्रलोभनमा परेर हक अधिकारबाट बन्चित बनाउने गरेको आरोप लगाउनुभयो। स्थानीय सरकारमा रहेका यी छोटे राजाहरुले राजश्वको नाममा गरिब, जनताहरूको रूपैया लुटने तथा बजेट रकम करौडौ करौडौं घोटाला गर्ने, महँगा तथा बिलासिता गाडीमा चढी, मौज मस्ती गरी जीवन यापन गर्दै आएको देखिन्छ।”– उनले भने ।
महालेखा परिक्षणले पेश गरेको प्रतिवेदनमा अर्बो बजेटको घोटाला गरेको प्रष्ट भएको बताउँदै उनले जनमत पार्टीले जनताको बोली बोल्न लाग्दा सबै भ्रष्टचारीहरु मिली जनमत पार्टीलाई कमजोर पार्ने तथा जनमत पार्टीका कार्यकर्ता माथि दमन गर्ने जनतामा यस पार्टी प्रति भ्रमपार्ने अनेकौं बहाना बनाइ झुठा मुद्दाहरुमा फराउने गरेको बताए। “तर जनमत पार्टीले ती भ्रष्टचारीहरुको सबै छल प्रपंचलाई जितदै आउने सबै चुनावमा विजय हासिल गरी मधेश कब्जा गर्नेछ ।”– उपाध्यक्ष कुशवाहाले प्रष्ट पारे।
नगर अधिवेशनको क्रममा जनमतको ३१ सदस्यीय समिति चयन गरिएको हो । सियाराम जयसवालको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. बसन्त कुशवाहाकै उपस्थितमा भएको सो कार्यक्रममा नयाँ पदाधिकारीहरुलाई स्वागत गरिएको थियो ।
केन्द्रीय सदस्य सुनिल यादव, महम्द इरफान शेख, सास्कृतिक जनमत संघ केन्द्रीय संयोजक आर के राईटर लगाएतका दर्जनौं नेताहरूको उपस्थितमा कार्यक्रममा सम्पन्न भएको थियो।
एक हजार जना भन्दा बढि व्यक्तिहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको स्वागत मन्तव्य महिला नेतृ रिमा कुमारी गुप्ताले गरेका थियो भने संचालक कानूनी सल्लाहकार राजु पटेलले गरेका थिए।
बिना अनुमति सार्वजनिक रुख कटान, स्थानीय आक्रोशित
- २०७८ मङ्सिर ५ आइतबार
न्यूज ब्यूरो, सिरहा । चोहर्वा–सिरहा सडकखण्ड अन्तर्गत विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लगाइएका रुखहरू विना अनुमति काटिएको घटनाप्रति स्थानीयवासी आक्रोशित भएका छन्। बजार क्षेत्रमा रहेका आँप र जामुनका
पूरा पढ्नुहोस्

