प्रदेश २ः जनगणनामा मैथिलीको सट्टा अर्कै भाषा लेखिदिएपछि एक गणक पदबाट हटाइए
स्रोतका अनुसार मेहतामाथि मैथिली मातृभाषा रहेका स्थानीयहरूलाई अर्कै भाषा लेखाउन प्रेरित गरेको आरोप छ ।

२०७८ मंसिर ३ शुक्रबार, बिहान ६:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त भएका छन् ।
आचार संहिताविपरीत क्रियाकलाप गरेको भन्दै सुपरीवेक्षक पदमा खटिएका मनोजकुमार मेहतालाई पदमुक्त गरेको राष्ट्रिय जनगणना कार्यालय सप्तरीले जनाएको छ।
कार्यालयका जनगणना अधिकारी सञ्जय कुमार चौधरीले सुपरिवेक्षक मेहताले आचार संहिताविपरीत कार्य गरेको पाइएकोले पदमुक्त गरेको बताए ।
स्रोतका अनुसार मेहतामाथि मैथिली मातृभाषा रहेका स्थानीयहरूलाई अर्कै भाषा लेखाउन प्रेरित गरेको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…