मधुवनीमा प्रदेश २ का मन्त्री यादवले गरे धर्मशाला उदघाटन
धर्मशाला उद्घाटन समारोहमा प्रदेश सांसद अशोक यादव, गाउपालिका प्रमुख केदार यादव, फिल्मकर्मी मुरलीधर, जसपा नेताहरु राजलाल यादव, शत्रुधन सिंह, राजु गुप्ता, प्रयागलाल यादव लगायतको उपस्थिति रहेको थियो ।

२०७८ मंसिर ३ शुक्रबार, बिहान ६:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय कुमार यादवले सिरहाको मधुवनीमा एक धर्मशालाको उदघाटन गरेका छन् ।
सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका १ मधुवनीस्थित राम जानकी मन्दिर संरक्षण संस्थाको परिसरमा निर्मित धर्मशालाको उद्घाटन गरेका हुन् ।
उनले आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्थाका अध्यक्ष एवं नेपाल प्रहरीका एसएसपी राजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा उद्घाटन गरेका थिए ।
संस्थाका अध्यक्ष चौधरीकै पहलमा विभिन्न निकायबाट सहयोग जुटाएर सुविधा सम्पन्न धर्मशाला र मन्दिर निर्माण गरिएको छ । धर्मशाला निर्माणले स्थानीयबासी खुशी भएका छन् ।
धर्मशाला उद्घाटन समारोहमा प्रदेश सांसद अशोक यादव, गाउपालिका प्रमुख केदार यादव, फिल्मकर्मी मुरलीधर, जसपा नेताहरु राजलाल यादव, शत्रुधन सिंह, राजु गुप्ता, प्रयागलाल यादव लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…