बस र हायस दुर्घटना, दुई जनाको मृत्यू
दुर्घटनामा परेर घाइते भएका केही यात्रुलाई विराटनगर र केहीलाई कञ्चनरुपस्थित धर्मेश्वर हस्पिटलमा उपचारको लागि भर्ना गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

२०७८ मंसिर २ बिहीबार, बेलुकी ६:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरीमा यात्रुवाहक बसले विहिवार हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने आधा दर्जन यात्रु घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–८ बेरियमा दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४ प ५०७९ नम्बरको हायसलाई ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
यद्यपी, मृतकको सनाखत भने हुन सकेको छैन् । दुर्घटनापछि उनीहरुको शवलाई अस्पताल पोष्टमार्टमको लागि पठाएको बताइएको छ ।
दुर्घटनामा परेर घाइते भएका केही यात्रुलाई विराटनगर र केहीलाई कञ्चनरुपस्थित धर्मेश्वर हस्पिटलमा उपचारको लागि भर्ना गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…