प्रेम विवाह गरेकी अमृताको घर अगाडी रामचन्द्रको लास डेढ घण्टा राखियो, तर मुख हेर्न पनि आइनन्
घटना पश्चात अनुसन्धानका लागि हाल मृत्तक रामचन्द्रको सासु र सालो प्रहरी हिरासतमा छन् भने घटनाको अनसन्धान हुँदै छ । घटनाको क्राइम सिन हेर्दा घटना शंकास्पद देखिन्छ । रामचन्द्रको सोसाइड नोटले पनि यसको पुष्टि गर्छ भने उसको करिव ४ वर्षको जेठो छोरा शिवम महतोले भनेको केही कुरा प्रमाण हुन सक्ने अनुमान गरिएको छ ।

२०७८ मंसिर १ बुधबार, बिहान ८:३१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको नक्टाझिझका रामचन्द्र महतोको मृत्यूपछि उनकी श्रीमतिले मुख समेत हेर्न नआएको चर्चा छिमेकमा चुलिएको छ ।
६ बर्ष अगाडी नै प्रेम विवाह (लभ म्यारिज) गरेका मिथिला नगरपालिका वडा नम्बर २ निवासी युवक रामचन्द्र महतोलाई ससुरालीमा कुटपिट गरेपछि आत्महत्या गर्न बाध्य भएका थिए ।
मँगलबार बिहानै रामचन्द्र आफ्नै ससुरालीमा मृत अवस्थामा फेला परेका थिए । मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित उनको ससुरालीमा आत्महत्या गरेका रामचन्द्रलाई उनकी श्रीमति अमृत कुमारीले अन्तिम श्रद्धाञ्जली पनि दिइनन् ।
मृत्युवरण पश्चात रामचन्द्रको अन्तिम मुँख हेर्न समेत उसको श्रीमति आईनन् । मंगलबार जनकपुरको प्रादेशिक अस्पतालबाट पोष्टमार्टम पश्चात शव गाउँमा ल्याइयो र गाउँबासिन्दाकै सल्लाहमा शव उसको ससुराली घरमा लगियो, जहाँ उसले जिवनको अन्तिम वायु प्राण छोडेका थिए ।
मंगलबार साँझ करिव डेढ घण्टा जति उसको ससुराली घर मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरमा ससुराकै घर अगाडी रामचन्द्रको शव राखियो तर पनि श्रीमति हेर्न आईनन् ।
“सबैले खोज्दा र आग्रह गर्दा पनि रामचन्द्रको श्रीमति अमृता कुमारी महतो कहाँ थिईन कसैलाई थाहा भएन र उनी आईनन् पनि ।”– स्थानीय विनोद कुशवाहाले भने ।
रामचन्द्र सोमबार साँझ आफ्नो ससुराली गएका थिए । त्यहाँ उनको ससुराली पक्षले कुटपिट र बे ईज्जत गरेपछि उनी अन्त्यमा आत्महत्या गर्न बाध्य भएको आत्महत्या चिठीमा उल्लेख गरिएको छ ।
रामचन्द्रका छिमेकी एवम् सँचारकर्मी विनोद कुशवाहा लेख्छन्ः
उ गाउँमै सबै चहेता थियो । रामचन्द्र आफैमा मात्र सिमिति थिएनन् । हाल हिमालय बहुउद्देश्य सहकारी संस्था लि।को संचालक समिति सचिव, खानेपानी उपभोक्त समिति नक्टाझिजका सचिव समेत रहेको रामचन्द्र एक रेडियोकर्मी, आरजे, प्राविधिक पनि थिए । सायद डेगाडेगी चल्ने बेल्लेमा सानैमा बुवा गुमाएका रामचन्द्र जीवनको संघर्षकथालाई राम्ररी नै बुझेका थिए ।
अरुलाई जीवनको संघर्षको पाठ सिकाउने रामचन्द्र जिवनसँग संघर्ष गर्दा आफैले यसरी मृत्युको बाटो रोज्ने कुरा गाउँका कसैले पनि पत्याउन सकिरहेको छैन् ।
उसको अचानक मृत्युको खबरले सिंगो गाउँनै चकित भएको छ । मृत्यु भएको खबर सुन्ने वित्तिकै पुरा गाउँ नै मंगलबार साँझ उसको शव हेर्न ओर्लेको थियो र सबैले मुत्युको कारण खोज्दै भन्दै थियो, ससुराली र श्रीमतिकै कारण रामचन्द्रले यस्तो गरेको छ ।
सबैको मुखबाट यस्तै दावी सुन्दै थियो । किन भने उसको वैवाहिक जीवनको करिव ६ वर्षे यात्राको वास्तविकताबाट गाउँका प्रायः सबै परिचित थिए ।
मानवता पनि सबैमा हुन्छ, एउटा श्रीमानको मृत्युको खबरले श्रीमतिको के अवस्था हुन्छ सबैले जानेकै विषय हो । त्यसमा पनि मायाप्रिति गरेर समाजिक परम्परा अनुसारै वैवाहिक बन्धनमा बाँन्धिएका रामचन्द्रको बाहिरी हाँसिखुशीको जीवन हेर्दा कसैले पनि यसको परिवारिक भित्री कथा ठिकै छ भन्ने पनि बुझ्थे ।
तर यतार्थ अर्कै रहेको थियो । श्रीमति र श्रीमान्को बीचमा पटक पटक विवाद हुन्थ्यो र यसको मुख्य जड नै थियो उसको ससुराली र उसको सासुआमा भनेर स्थानीयहरु ठोकुवा नै गर्छन । पटक पटक समाजिक स्तरमै छलफल र पञ्चायत समेत हुन्थ्यो ।
अमृतको घर अगाडी डेढ घण्टासम्म रामचन्द्रको शव राखियो तर अमृत र उनकी आमा मुख हेर्न पनि आइनन् । अन्त्यमा फेरी शव रामचन्द्रकै घर ल्याउँदै बसही खोलामा संस्कार गरियो ।
उसको दाई जिवछ महतोले दागवती दियो । अहिले छोरालाई दुःखका दिनमा संर्घष गरेर हुर्काएका दिनलाई बुहारी कै कारण जीवन त्याग्नु पर्दाको पीडा सम्झिएर विछिप्त र मुर्छित छिन् रामचन्द्रको आमा र दाई । जीवछ र उनीकी आमा बारम्बार एउटै कुरा भन्छन् मेरो रामचन्द्रलाई ससुरालीमा बुहारी र उसको सासुले मारिदियो । रामचन्द्रकी सीता अमृता कति निष्ठुरी छे ?”
घटना पश्चात अनुसन्धानका लागि हाल मृत्तक रामचन्द्रको सासु र सालो प्रहरी हिरासतमा छन् भने घटनाको अनसन्धान हुँदै छ । घटनाको क्राइम सिन हेर्दा घटना शंकास्पद देखिन्छ ।
रामचन्द्रको सोसाइड नोटले पनि यसको पुष्टि गर्छ भने उसको करिव ४ वर्षको जेठो छोरा शिवम महतोले भनेको केही कुरा प्रमाण हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीयहरुका अनुसार मृत्तक रामचन्द्रको जेठो छोराले रामचन्द्रलाई अमृत (आमा), नानी, नाना र मामाले पिटेको बताउँदै आएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…