जनकपुरमा काँग्रेस सभापति पदमा राकेश विक्रमको उम्मेदवारी
‘अब पार्टी पुरानो, शैली, पद्धति, ढर्राले चल्दैन । यो पुरानो ढर्रालाई नयाँ तरिकाले परिवर्तन गर्दै लैजानुपर्ने आजको आवश्यकता हो,’ नेता साहले भने, ‘मेरो उम्मेदवारी कांग्रेसभित्र राजनीति गर्न होइन, पार्टी कार्यालय बाहिर रहेर काम गर्छु ।’

२०७८ मंसिर १ बुधबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका युवा नेता एवं तरुण धनुषाका उपाध्यक्ष समेत रहेका राकेश बिक्रम साहले पार्टीको आसन्न १४ औं महाधिवेशनमा जनकपुर उपमहानगरपालिकाको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेता साहले कांग्रेस प्रति युवा पुस्ताले गुमाउँदै गरेको आश जोगाउन आफूले उम्मेदवारी दिएको बताए । लामो इतिहास बोकेको नेपाली कांग्रेसमा अब युवा पुस्ताको नेतृत्व जरुरी रहेको भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन्।
“परिवर्तन आउन जरुरी छ । युवाले चाहे मुलुकमा परिवर्तन ल्याउन सकिन्छ भनेर देखाउन नै मेरो उम्मेदवारी हो,’। उनले भने ।
अहिलेका निष्कर्ष नेताहरूले युवाहरुमा वितृष्णा पैदा गरेको आरोप लगाउँदै गुम्दै गएको कांग्रेसको इतिहास बचाउन आवश्यक रहेको सुनाए ।
‘अब पार्टी पुरानो, शैली, पद्धति, ढर्राले चल्दैन । यो पुरानो ढर्रालाई नयाँ तरिकाले परिवर्तन गर्दै लैजानुपर्ने आजको आवश्यकता हो,’ नेता साहले भने, ‘मेरो उम्मेदवारी कांग्रेसभित्र राजनीति गर्न होइन, पार्टी कार्यालय बाहिर रहेर काम गर्छु ।’
अझै पनि कांग्रेसले आत्मसमीक्षा नगर्ने र कार्यकर्तालाई संरक्षण गर्न नसक्ने हो भने कांग्रेस सकिने नेता साहले बताए । उनले भने, ‘नयाँ नेतृत्व चयनमा विवेक नपुर्याउने हो भने, अहिलेको नेतृत्व पंक्ति कायमै रहने हो भने कांग्रेस सक्किने छ ।’
साहले ०७४ सालको स्थानीय चुनावमा जनकपुर उपमहानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारीसमेत दिएका थिए । ‘पार्टी नेतृत्वभित्र अहिले एकप्रकारको असन्तुष्टि छ । तिनै असन्तुष्टहरुको एउटा प्रतिनिधि भएर उमेदवारी दिएको हुँ,’उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…