१५ गतेभित्रै कक्षा १२ को रिजल्ट आउने
कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।

२०७८ मंसिर १ बुधबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौँ । कक्षा १२ को परीक्षाफल मंसिर १५ भित्र नै सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गर्ने मंसिर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिएको छ । बोर्डले मंसिर १५ भित्र नै परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको भए पनि केही दिन अगाडिपछाडि पनि हुन सक्ने बताएको छ ।
बोर्डले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको जानकारी दिएको छ ।
कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष करिब पौने चार लाख विद्यार्थीले परीक्षामा सहभागी भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…