नेपाली काँग्रेसका दिग्गज नेता बसन्त गौत्तम शहिदनगर ७ बाट क्षेत्रीय प्रतिनीधि
बसन्त गौत्तमको तर्फबाट सभापतिको उम्मेदवार सहित पुरै प्यानल नै सर्वसहमतिले चयन गरिएको बताइएको छ । नेता गौत्तम दुई दशकदेखि नै नेपाली काँग्रेसको सक्रिय पार्टी सचिवको रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका हुन् ।

२०७८ कार्तिक ३० मंगलबार, बेलुकी ७:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका प्रभावशाली एवम् दिग्ग्ज नेता मानिएको बसन्त कुमार गौत्तम क्षेत्रिय प्रतिनीधिमा चुनिएका छन् ।
नेपाली काँग्रेसको १४ औँ अधिवेशनबाट शहिदनगर नगरपालिका वडा नं. ७ को क्षेत्रीय प्रतिनीधिमा गौत्तमलाई सर्व सहमतिले चयन गरिएको हो ।
विगत दुई दशकदेखि नै नेपाली काँग्रेसमा अति सक्रिय रहेका नेता गौत्तम सो क्षेत्रमा प्रभावशाली नेताको रुपमा चिनिन्छन् । अधिवेशनबाट बसन्त गौत्तमलाई सबै सदस्यले सर्वसम्मत दिएका छन् ।
यसका साथै, सोही वडाबाट विष्णुदेव ठाकुर समेत क्षेत्रीय प्रतिनीधिको रुपमा चुनिएका छन् । १४ औँ अधिवेशनबाट ठाकुरलाई समेत सर्व सहमतिले नै क्षेत्रीय प्रनिधिको रुपमा चयन भएको हो ।
बसन्त गौत्तमको तर्फबाट सभापतिको उम्मेदवार सहित पुरै प्यानल नै सर्वसहमतिले चयन गरिएको बताइएको छ । नेता गौत्तम दुई दशकदेखि नै नेपाली काँग्रेसको सक्रिय पार्टी मुख्यसचिव भएर कार्य गरिसकेका छन् । उनी वि.सं. २०५४ सालदेखि नै मुख्यसचिव भएर काम गरिसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…