भोली महोत्तरी आउँदै प्रचण्ड
पूर्व निर्धारित सो कार्यक्रमहरु गएको शनिबार नै निर्धारण भएपनि अन्त समयमा आएर एकाएक प्रचण्ड बिरामी भएपछि स्थागन गरिएको थियो । सो कार्यक्रम पुनः बुधबारको लागि तय गरिएको छ ।

२०७८ कार्तिक ३० मंगलबार, बिहान ११:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको बुधबार महोत्तरी आउने भएका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभू्रत स्वास्थ्यचोकी र एक कोभिड हस्पिलको संयुक्त रुपमा उदघाटन तथा जनसभालाई सम्बोधन गर्न उनी बुधबार आउन लागेको मेयर आशेक मण्डलले जानकारी दिए ।
पूर्व निर्धारित सो कार्यक्रमहरु गएको शनिबार नै निर्धारण भएपनि अन्त समयमा आएर एकाएक प्रचण्ड बिरामी भएपछि स्थागन गरिएको थियो । सो कार्यक्रम पुनः बुधबारको लागि तय गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…