औरही गाउँपालिका वडा नं. २ को नेपाली काँग्रेस क्षेत्रीय प्रतिनीधिमा यादव सर्वसम्मत
आईतबार क्रियाशिल सदस्यहरुमध्ये एक जनाले धाँधली गरी आफूलाई सभापति बनाउनको लागि विवाद गराएका थिए । तर, क्रियाशिल सदस्यहरुले किशुन यादवलाई नै सभापति बनाउने वा नभएको खण्डमा चुनावी प्रक्रियामा जाने भनेपछि विवाद भएको थियो ।

२०७८ कार्तिक २९ सोमबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका वडा नम्बर २ को क्षेत्रीय प्रतिनीधिमा कृष्ण बहादुर राय (कृष्णा यादव) सर्वसमहतिले चयन भएका छन् ।
विगत एक दशकदेखि नेपाली काँग्रेसमै सक्रिय रहेका कृष्णा यादवलाई सोमबार सम्पन्न १४ औँ अधिवेशनले उनलाई क्षेत्रीय प्रतिनीधिको जिम्मेवारी दिएको हो ।
देशैभरि भएको १४ औँ वडा अधिवेशनको क्रममा २८ गते विभिन्न स्थानमा विवाद भएपनि सोमबारसम्म सहमति भएर अधिवेशन सफल भएको छ ।
आईबार तोकिएको अधिवेशनको क्रममा वडा समितिको सभापतिको लागि विवाद हुँदा अधिवेशन सफल हुन सकेको थिएनन् । सोमबार वडा नम्बर २ को सभापतिमा किशुन यादवलाई सर्व समहतिले चयन गरिएको हो ।
नेपाली काँग्रेसमा उनको लगानीलाई मध्यनजर गर्दै क्रियाशिल सदस्यहरुले यादवलाई सभापतिको लागि असल उम्मेदवार ठान्दै सर्वसमहित जनाएपछि उनलाई सभापतिको जिम्मेवारी तोकिएको हो ।
आईतबार क्रियाशिल सदस्यहरुमध्ये एक जनाले धाँधली गरी आफूलाई सभापति बनाउनको लागि विवाद गराएका थिए । तर, क्रियाशिल सदस्यहरुले किशुन यादवलाई नै सभापति बनाउने वा नभएको खण्डमा चुनावी प्रक्रियामा जाने भनेपछि विवाद भएको थियो ।
क्षेत्रीय प्रतिनीधिको रुपमा चयन भएका कृष्णा यादव सो क्षेत्रको लागि चिरपरिचित काँग्रेसको युवा नेता मानिन्छ । उनी सुरुदेखि नै नेपाली काँग्रेसमै सक्रिय रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…