प्रदेश २ः एउटै परिवारको दुई बालकको मृत्यू भएपछि टोल नै शोकमा
दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई ह त्या गरेको परिवारजनको आरोप छ ।

२०७८ कार्तिक २९ सोमबार, बिहान ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ मा एउटै परिवारको दुई जना बालकको मृत्यू भएपछि सिँगो टोल नै शोकमा रहेको छ ।
प्रदेश नम्बर २ को रौतहट जिल्लामा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको बताईएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।
ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको हो ।
यता, दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई ह त्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले भने, ‘बालकहरुको विषका कारण मृत्यु भएको छ । घटना शंकास्पद रहेकाले हामीले अनुसन्धान गरिरहेका छौं, बालकहरुलाई कसले किन विष दियो भन्ने विषयमा हामी गम्भीर रुपमा छानबिन गर्छौं ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…