काँग्रेस अधिवेशनः कमला नगरपालिका वडा नं. ३ को क्षेत्रीय समितिमा ठाकुर, वडा नं. २ मा विवाद
त्यसअघि वडा सभापतिको लागि विजय कुमार यादवलाई सर्वसहमतिले चयन गरिएको थियो । सदस्यहरुमा विवाद चुलिँदा अधिवेशन असफल भई समिति चयन हुन सकेनन् ।

२०७८ कार्तिक २९ सोमबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको विभिन्न वडाहरुमा पनि नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।
सो क्रममा आईतबार अबेरसम्म सम्पन्न भएको अधिवेशनबाट कमला नगरपालिकाको वडा नम्बर ३ को क्षेत्रीय प्रतिनीधिमा क्रियासिल सदस्य मनोहर ठाकुरलाई सर्वसहमतिले चयन गरिएको छ ।
आईतबार सम्पन्न भएको अधिवेशनबाट वडा नम्बर ३ को लागि ठाकुरलाई क्षेत्रीय प्रतिनीधिको रुपमा सर्वसहमतिले चयन गरिएको हो ।
यसका साथै, सोही वडामा अन्य दुई जना क्षेत्रीय प्रतिनीधिमा चयन गरिएको छ । नेपाली काँग्रेसबाट ई. सत्यनारायण यादव र मनोज यादवलाई समेत सर्व सहमतिले चयन गरिएको हो ।
आईतबार अबेरसम्म भएको अधिवेशनकै क्रममा कमला नगरपालिका वडा नम्बर २ को अधिवेशन भने असफल भएको छ । एउटै परिवारबाट दुई जनाको नाम थप्ने दबाब भएपछि अधिवेशन असफल भएको बताइएको छ ।
त्यसअघि वडा सभापतिको लागि विजय कुमार यादवलाई सर्वसहमतिले चयन गरिएको थियो । सदस्यहरुमा विवाद चुलिँदा अधिवेशन असफल भई समिति चयन हुन सकेनन् ।
नेपाली काँगेसको १४ औँ अधिवेशनबाट कमला नगरपालिका वडा नम्बर ४ को सभापतिमा पप्पु यादव निर्विरोध चयन भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…