सामान्य प्रशासन मन्त्रीको स्वकिय सचिवमा रौतहटको दिलिप पटेल नियुक्त
पटेल मधेश जनविद्रोह, मधेश आन्दोलनमा तत्कालिन मधेशी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भन्दै उनको ईमान्दारिता र लगनशिलताको आधारमा कार्यमूल्याँकन गरी स्वकीय सचिवको जिम्मेवारी दिएको हो ।

२०७८ कार्तिक २८ आइतबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको स्वकीय सचिवमा प्रदेश २ का दिलीप कुमार पटेललाई नियुक्त गरिएको छ ।
तत्कालिन मधेशी जनअधिकार फोरम हुँदै जनता समाजवादी पार्टीमै तल्लिन रहेका युवा नेता पटेललाई उनको ईमान्दारी र पार्टीप्रतिको लगनशिलताको आधारमा स्वकीय सचिवमा नियुक्त गरिएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बनेका समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मधेश आन्दोलनमा समेत नेतृत्व गरेका पटेललाई स्वकीय सचिवको रुपमा नियुक्त गरेको हो ।
मन्त्री श्रेष्ठको नीजि सचिवालयमा रिक्त रहेको स्वकीय सचिवको पदमा रौतहट जिल्लाको ईनर्वा वडा नम्बर २ बस्ने पटेललाई गत कार्तिक २५ गते नै नियुक्त गरि नियुक्ती पत्र समेत दिएको हो ।
पटेल मधेश जनविद्रोह, मधेश आन्दोलनमा तत्कालिन मधेशी जनअधिकार फोरम, संघीय समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भन्दै उनको ईमान्दारिता र लगनशिलताको आधारमा कार्यमूल्याँकन गरी स्वकीय सचिवको जिम्मेवारी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…