सिरहा औरहीका पूर्व प्रधान यादवसहित सयौँ नेता कार्यकर्ता जनमत पार्टीमा
औरही गाउँपालिका वडा नम्बर ५ औरहीमा आयोजित पार्टी प्रबेश कार्यक्रम जनमत पार्टी गाउँपालिका अध्यक्ष रामभुवन यादवको अध्यक्षता तथा जनमत पार्टी केन्द्रिय सदस्य राजकुमार त्यागीको प्रमुख आतिथ्यमा भएको थियो ।

२०७८ कार्तिक २७ शनिबार, बेलुकी ६:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको औरही गाउँपालिकामा पूर्व गाविस अध्यक्ष (प्रधान) सहित सयौ नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
पूर्व प्रधान बेचन यादव सहित सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको हो। बिगत ५० वर्ष देखि राजनीतिमा सक्रिय रहेका प्रधान यादवले अहिलेको अवस्थामा समाज परिवर्तनका लागि कुनै पनि पार्टी काम नगरेकोले उनीहरुको सफाई अभियान शुरु गर्नुपर्ने अवस्था रहेको बताए।
आफू उमेरको हिसाबले युवा नभए पनि बिचारले युवा रहेको बताउदै अब जनमत पार्टीको साथ रहेर समाजमा आमूल परिवर्तन गर्ने चाहना भएको बताउदै आजको मिति देखि जनमत बटुल सक्रिय हुने र औरही गाउँपालिकामा जनमत पार्टी सरकार बनाएर देखाउने बताए।
पार्टी प्रबेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सुर्य नारायण शर्मा, राम अवतार यादव , मुङालाल ठाकुर , श्री देब यादव लगायतका अनुभवी तथा दिगज नेताहरुले पार्टी प्रबेश गरेको नेता रोषण यादवले बताए।
औरही गाउँपालिका वडा नम्बर ५ औरहीमा आयोजित पार्टी प्रबेश कार्यक्रम जनमत पार्टी गाउँपालिका अध्यक्ष रामभुवन यादवको अध्यक्षता तथा जनमत पार्टी केन्द्रिय सदस्य राजकुमार त्यागीको प्रमुख आतिथ्यमा भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…