डाक्टरको लापरवाहीले फेरी जनकपुरमा एक शिशुको मृत्यू
यस घटना विषयमा हस्पिटलले आफ्नो कुनै लापरबाही नभएको दावी गरेको छ ।

२०७८ कार्तिक २७ शनिबार, दिउँसो १:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चिकित्सको लापरवाहीले जनकपुरको एक हस्पिटलमा नजवात शिशुको मृत्यु भएको छ ।
जनकपुरको रामानन्दचोक स्थित सञ्चालित तराई राजधानी हस्पिटलले लापरवाही गर्दा एक शिशुको मृत्यु भएको हो ।
धनुषाको नगराइन नगरपालिका २ नगराइनका विजय मण्डलका श्रीमती २५ वर्षीया रोशनी मण्डलले हस्पिटलमै शुक्रबार राति ८ बजे समान्य रुपमा छोरालाई जन्म दिएकी थिइन् ।
जन्मिदा शिशुको अवस्था समान्य थियो । तर हस्पिटलको लापरवाहीले शिशुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । शिशुको मृत्यु भएको हस्पिटलले बिहन ४ बजे जानकारी गराएको विजय मण्डलले बताए ।
मण्डलका अनुसार जन्मेको केहि समय पश्चात शिशुको स्वास्थ्य अवस्था खराब हुँदा एनआइसियुमा भर्ना गरिएको थियो । राति ११ बजे नै बच्चा चिच्याउँदा किन यस्तो भएको हो रु डाक्टर खै भनेर उनले सोधेका थिए । तर, रातभरि चिकित्सक नआएको र स्टाफ नर्सको भरमा उपचार गर्दा बच्चाको मृत्यु भएको विजय मण्डलको दावी छ ।
हस्पिटलमै कार्यरत्त एक स्वास्थ्यकर्मीले बालरोग विशेषज्ञ डा। संजिव साह बिहान ४ बजे मात्रै हस्पिटल आएका थिए । बिहान ४ बजेर २० मिनेटमा हस्पिटलले शिशुको मृत्यु भएको खबर दिएको मण्डलले दुखेसो पोखे ।
,जन्मिदा बच्चाको अवस्था समान्य थियो । केहि समय पश्चात एनआइसियुमा राख्यो । डाक्र रातभर थिएन । स्टाफनर्सहरुले उपचार गरे । बिहान ४ बजे डाक्टर आएर ४ बजेर २० मिनेटमा हामीलाई बच्चाको मृत्यु भयो भनेर खबर दियो ।, विजयले भने , हस्पिटलले लापरवाही गरेर नै बच्चाको मृत्यु भएको हो । बदहमासी गर्ने चिकित्सक र हस्पिटलमाथि कारबाही हुनु पर्छ ।,
यस घटना विषयमा हस्पिटलले आफ्नो कुनै लापरबाही नभएको दावी गरेको छ ।
राजधानी हस्पिटलले पटक पटक लापरवाहीले बिरामीको अकालमै ज्यान लिने गरेको छ । जनकपुरमा पछिल्लो समय पालिकाकै सिफारिसमा च्याउ उम्रे झै पाइलै पिच्छे मापदण्ड नै पुरा नगरी हस्पिटल संचालनमा आएको छ ।
दलालको भरमा बिरामीलाई ल्याएर लुट्ने तथा अकालमै ज्यान लिने गरेको छ । प्रहरी प्रशासन चरम पारबाहीका घटनालाई कमिसन र पैसाको चलखेल गरी ढाकछोप गर्ने गरेको आम जनगुनासो छ ।
सम्बन्धित नियामक निकायबाट समेत हस्पिटलहरुको अनुगमन निरीक्षण तथा कारबाही हुन सकेको छैन ।
टुडेपाटीबाट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…