५ लाख रुपैयाँ सहित बाबुछोरा पक्राउ
उनीहरुले चढेको मोटरसाईकल रोकी चेकजाचँ गर्दा मोटरसाईकलको डिक्की भित्र कालो पलाष्टिकको झोलामा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको नेपाली रुपैयाँ पाँच लाखसहित पक्रा गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।

२०७८ कार्तिक २४ बुधबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा ५ लाख रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुवाछोरा रहेको जनाइएको छ ।
मँगलबार दिउँसो करिब १२ः१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहानबाट खटि गएको सादा पोशाको टोलीले ५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।
सादा पोशाकमा प्रहरी हबल्दार सुरेन्द्र यादवको नेतृत्वमा गएको टोलीले सिरहाको लहान नगरपालिका वडा नम्बर ३ लहान ठाडीबाट स ११ प २०५५ नम्बरको मोटरसाईकल चढेका लहान नपा १९ छारापट्टि बस्ने बर्ष ४२ को विजय कुमार साह र उनका छोरा बर्ष १६ को श्याम कुमार साहलाई पक्राउ गरिएको हो ।
उनीहरुले चढेको मोटरसाईकल रोकी चेकजाचँ गर्दा मोटरसाईकलको डिक्की भित्र कालो पलाष्टिकको झोलामा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको नेपाली रुपैयाँ पाँच लाखसहित पक्रा गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
उनीहरुको साथबाट नेपाली रुपैयाँ ५०० को नोट १००० गरी कुल ५ लाख रुपैयाँ बरामद भएको हो । रकमको श्रोत नखुलेकोले उनीहरुल हुण्डी कारोबारी रहेको र उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी ल्याइएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…