मधेश मिसनलाई उपेन्द्र यादवले कमिसनमा साटे : पूर्वमन्त्री अरगरिया
लोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए । ‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले भने, ‘मिसनलाई कमिसनसँग साट्ने नेता उहीं हुन् ।’

२०७८ कार्तिक २३ मंगलबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता उमाशंकर अरगरियाले मधेशको मिसनलाई कमिसनमा साटेको बताएका छन् ।
लोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए । ‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले भने, ‘मिसनलाई कमिसनसँग साट्ने नेता उहीं हुन् ।’
मिसनलाई कमिसनमा बदलेर मधेशको भोंट पहाडमा बेच्ने नेता पनि उहीं रहेको अरगरियाले बताए ।
मधेशको नाममा राजनीति गरेपनि उपेन्द्रले आफ्नो स्वार्थ मात्रै सिद्धी गरिरहेका कारण अबको चुनावमा उनको पार्टीको यस क्षेत्रमा जमानत जफ्त हुने अरगरियाले बताए ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका उनले मधेशको असली नेता महन्थ ठाकुर नै रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…