आज जनकपुर आउँदै गृहमन्त्री खाँण
मन्त्री खाँणले सोमबार दिउँसो वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको सभाकक्षमा आयोजना हुन लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने, मंगलबार बिहान पार्टी कार्यालय धनुषामा आयोजना हुन लागेको पत्रकार सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

२०७८ कार्तिक २२ सोमबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मंसिर महिनामा हुने भनिएको नेपाली काँग्रेसको महाधिवेशनलाई लक्षित गर्दै गृहमन्त्री बालकृष्ण खाँण सोमबार जनकपुरधाम आउने भएको छ ।
नेपाली काँग्रेसका सभापतिका आकाँक्षी विमलेन्द्र निधि धनुषा जिल्लामा कार्यकर्ता भेला गरि फर्किए लगतै गृहमन्त्री खाँण धनुषा जिल्लाका ४ वटै क्षेत्रका नेता कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेसमा निधिलाई कमजोर पार्नकालागि नेताहरु धनुषा जिल्लामा सक्रियता बढाउन लागेको हो । धनुषा जिल्लामा यस अघि काँग्रेसका नेता प्रकाशमान सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु उनीहरु निधिलाई लक्षित गरेर कार्यक्रमहरुलाई तीव्रता दिएको छ ।
नेपाली कांग्रेस धनुषाले आयोजना गर्न लागेको कार्यकर्ता भेलामा सहभागी हुन गृहमन्त्री खाँण बिहान १० जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ ।
मन्त्री खाँणले सोमबार दिउँसो वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको सभाकक्षमा आयोजना हुन लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने, मंगलबार बिहान पार्टी कार्यालय धनुषामा आयोजना हुन लागेको पत्रकार सम्मेलनमा सहभागी हुने जनाइएको छ ।
पार्टीले केन्द्रीय सदस्यहरु, भूतपूर्व संघीय साँसद, प्रदेशसभाका साँसद, जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश सदस्य, नगर सदस्यको साथै सम्पूर्ण क्रियाशील सदस्यलाई भेलामा सहभागी हुन नेकाँ धनुषाले आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…