मेयरउपमेयरबीच टक्कर, कार्यालयमा तालाबन्दी, अनसन सुरु
नीभा झा || धनुषा, ५ चैत्त । जनकपुरधाम उपमाहानगरपालिकाको वगलमै रहेको हंसपुर नगर पालिकाको मेयर र उपमेयर विचको विवाद चुलिएको छ । गत ३० फागुनमा कार्यालय सार्ने विषयमा मेयर र उपमेयर विच विवाद भएर कार्यालयमा तालावन्दी भएपछि दुवै को विवाद सतहमा आएको छ । मेयरले उपमेयरको विरुद्ध जनकपुरधाम आएर पत्रकार सम्मेलन

२०७४ चैत ५ सोमबार, राति १०:०६ बजे२ मिनेट पढाइ

नीभा झा ||
धनुषा, ५ चैत्त ।
जनकपुरधाम उपमाहानगरपालिकाको वगलमै रहेको हंसपुर नगर पालिकाको मेयर र उपमेयर विचको विवाद चुलिएको छ ।
गत ३० फागुनमा कार्यालय सार्ने विषयमा मेयर र उपमेयर विच विवाद भएर कार्यालयमा तालावन्दी भएपछि दुवै को विवाद सतहमा आएको छ ।
मेयरले उपमेयरको विरुद्ध जनकपुरधाम आएर पत्रकार सम्मेलन गरेपछि उपमेयरले न्यायको लागि आमरण अनसनमा वसे लगतै मेयर र उपमेयर को विवादले स्थानीय निकाय नै असफल हुने स्थितीमा पुगेको देखिएको छ ।
हंसपुर नगरपालिकाकी उपमेयर रेणु देवी झा न्याय लगायत विभिन्न माग राख्दै दुई दिन देखि आमरण अनसनमा वसेकि छिन ।
उपमेयरको अधिकार सुनिश्चित गर,नियमीत कार्यालय संचालन गर र नगरपालिका केन्द्र वघचौडामै कायम गर,मेयरद्धारा जनकपुरधाम स्थित निजी घरमा संचालन गरेको नपा कार्यालय वन्द गर ,नपाको निती कार्यक्रम तथा वजेट पारदर्शी गर ,विकास निमार्णको काममा जोड देउ लगायतको मागहरु राखेर उपमेयर आन्दोलीत भएकि छिन ।
यता उपमेयरको आन्दोलनको समर्थन गर्दै स्थानियवासीहरुले सोमवार विहान तीन घण्टा चक्का जाम समेत गरेका थिए । यता हंसपुर नगरपालिकाका हंसपुर चौकले उपमेयर झाले धांधली गरेको भन्दै शान्तिपुर्ण धर्ना सुरु गरेको छ ।
तानाशाहि उपमेयर मुर्दावाद,प्रजातान्त्रिक अभ्यास बहाली गर,कानुनी शासन वहाली गर, ताला वन्दी विना शर्त खुल्ला गर लगायतको माग गर्दै हंसपुर चौकका स्थानियवासीहरु उपमेयर विरुद्ध जाइ लागेका छन ।
उनिहरुले माग सम्वोधन नभएसम्म धर्ना समाप्त नहुने चेतावनी दिएको छ ।
मेयर रामज्ञान मण्डलले कार्यालयलाई निकाल टोल सार्ने प्रयास गरेपनि कार्यालय सार्ने विषयमा विवाद भएपछि हंसपुर चौकका स्थानियवासीले पनि नगरको कार्यालय हंसपुर चौकमा राख्नुपर्ने भन्दै आन्दोलीत भएका छन भने वघचौडा टोलले पनि कार्यालय नसार्नका लागि आन्दोलीत छन ।
यस्तोमा राजपा नेपालबाटनै मेयर र उपमेयरमा जितेका दुवैको विवादले राजपा धनुषामा तहलका मच्चाएको छ ।
मेयर र उपमेयर दुवैको विवाद सल्टाउनका लागि राजपाका धनुषा संयोजक सतिसलाल दास सोमवार विहान दुवै संग कुरा गर्ने कोशिस गरेपनि अहिले सम्म विवाद साम्य हुन सकेको छैन ।
यसैबीच,दुई दिनदेखि आमरन अनशनमा बसेकी उपमेयर झा अचानक अस्वस्थ्य भएकि छिन ।
सोमबार अनशनस्थलमै बेहोस भएर ढलेपछि उनलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । उपमेयर झाको अबस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…