गाई गोरुलाई रोगबाट बचाउन मधेशमा आज गोबद्र्धन पूजा
यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ ।

२०७८ कार्तिक १९ शुक्रबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा मनाइने दीपावली अर्थात तिहारको चौथो दिन आज गोबद्र्धन पूजा मनाइदैछ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन तराई मधेशको विभिन्न जिल्लामा गाई गोरुको पूजाआजा गरी गोबद्र्धन पूजा मनाइदैछ ।
बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ ।
पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार ९पानीमा घोलिएको अरवा चामलको पिठो० ले पूजा गर्ने गरिन्छ ।
विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजाविधिमा प्रकृतिको आराधना भएको विद्वानहरु बताउँछन् ।
यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ ।
गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवद्र्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथावस्तु नै पर्व परम्परा भएको बताइन्छ । पछि गोवद्र्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन लागिएको हो।
कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् ।
यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्गाउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङ्मा मिसाएर यो मिश्रणले रङ्गाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधि) नलाग्ने मैथिल जनविश्वास छ ।
पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना (तोरी पेलिएको चोकर) खुवाउने र नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्परा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…