तरुणदलले गरे दिपावलीको सरसफाई
न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस पार्टी निकट नेपाल तरुण दल सिरहा (औरही) ले दिपावलीको अवसरमा सरसफाई गरेको छ । सिरहा जिल्लास्थित औरही गाउँपालिकाको औरही चौकमा नेपाल तरुण दलका सम्पूर्ण तरुण युवाहरु, बजार समिती लगायत अस्थानिय जनताहरुको उपस्थितिमा सरसफाइ कार्यक्रम गरेको हो । नेपाल तरुणदल औरहिले दिपाव

२०७८ कार्तिक १८ बिहीबार, बिहान १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस पार्टी निकट नेपाल तरुण दल सिरहा (औरही) ले दिपावलीको अवसरमा सरसफाई गरेको छ ।
सिरहा जिल्लास्थित औरही गाउँपालिकाको औरही चौकमा नेपाल तरुण दलका सम्पूर्ण तरुण युवाहरु, बजार समिती लगायत अस्थानिय जनताहरुको उपस्थितिमा सरसफाइ कार्यक्रम गरेको हो । नेपाल तरुणदल औरहिले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सो कार्यक्रम गरेको हो ।
औरही गाउँ पालिका वडा नम्बर ५ को वडा सभापति कृष्ण कुमार साहको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । नेपाली कांग्रेसका युवा नेता सुवास यादवको नेतृत्वमा सरसफाइ कार्यक्रम गरेको हो ।
आज मात्र होइन भोलीका दिनहरुमा पनि नेपाल तरुण दल सरसफाइमा मात्र होइन जुनसुकै कार्यक्रममा सहयोग चाहिएको जनताको लागि २४ घटना खट्न वा उभिन तयार रहने प्रतिबद्धता वडा सभापति कृष्ण साहाले बताए ।
सोही क्रममा न्युज ब्युरो सङ्गको जिज्ञासा्मा युवा नेता मण्डलले सिरहामा नेपाल तरुणदलले बिगतको समयमा र भोलिको समयमा अझै राम्रो कार्यक्रम गरिनेछ र आम नागरिक लाई दुस्ख , महिला हिंसा , अन्याय , अत्याचार भएको पाइएमा नेपाल तरुणदल लाई खबर पाउन साथ आफ्नो कदम अगाडी बदाउने बताए ।
रसफाइ कार्यक्रम बिहान ८ बजे देखी सुरु गरेको कार्यक्रम १२ बजे सम्पन्न गरेको हो । स्थानिय जनता लागयत नेपाल प्रहरीको साझेदारीमा कार्यक्रम सम्पन्न गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…