ईमरजेन्सीमा हेलिकप्टरबाट उद्धारको लागि शहिदनगरमा मेयर बरबरियाको 'हेलिप्याड'
धनुषामै हेलिप्याड बनाउने पहिलो नगरपालिका शहिदनगरले अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योजनाहरु अघि बढाएका छन् ।

२०७८ कार्तिक १७ बुधबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकास्थित ईमरजेन्सी परेको बेला उद्धार कार्य छिटो छरितको उदेश्यले हेलिप्याड शिलान्यास गरिएको छ ।
मँगलबार शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरपालिकाको वडा नं. २ कमलपुर बतराहीस्थित हेलिप्याडको शिलान्यास गरेका हुन् ।
शहिदनगर नगरपालिकाको विकट क्षेत्र मानिने कमलासँगको गाउँहरुबाट तत्कालै उद्धारको लागि एम्बुलेन्समा पनि समस्या उत्पन्न हुने गरेको अवस्थालाई मध्यनगर गर्दै समाजिक सँस्था लाईफ नेपालको सहयोगमा सो हेलिप्या निर्माण हुन लागेको बताईएको छ ।
युनिसेफको सहयोग र शहीदनगर नगरपालिकाको समन्वयमा लाइफ नेपालद्वारा संचालित बाढी पूर्व तयारी तथा प्रतकिार्य योजना अन्तर्गत हेलिप्याड बनाउन लागिएको मेयर बरबरियाले बताए ।
कमला नदी नजिकका पालिकाहरुमा वर्षा याममा आवतजावत अवरुद्ध हुँदा उद्धार र राहत कार्यमा समस्या हुने गरेको उनले बताए ।
भविष्यमा यस्ता समस्या आउन नदिनको लागि हेलिप्याड बनाउन लागेको उनले थपे । समस्यामा परेकोलाई उद्धार गर्ने र आउने टोलीहरुलाई पनि यसले सहज हुने विश्वास उनले व्यक्त गरे । वर्षा याममा ठाउँ ठाउँमा बाटो अवरुद्ध हुँदा कमला नदी छेउका पालिकाहरुमा उद्धार र राहत कार्य प्रभावित हुने गरेको छ ।
शहीदनगर नगरपालिकासहित कमला नपा, जनकनन्दनी गापामा कमला नदीको बाढी पस्दा जनधनको ठूलो क्षति हुने गरेको छ ।
जनधनको ठूलो क्षति हुन नदिन तत्काल उद्धार र राहतको शहीदनगर नगरपालिका–२ कमलपुरमा रहेको आश्रय स्थलमा हेलिप्याडसहित बाथरुम, चापाकल र भान्छा निर्माण गरिएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जनाए ।
आपतकालीन अवस्थामा उद्धार र राहत कार्यलाई सहजीकरण गर्ने उद्देश्यले हेलिप्याड बनाउन लागिएको अध्यक्ष ठाकुरले थपे ।
धनुषामै हेलिप्याड बनाउने पहिलो नगरपालिका शहिदनगरले अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योजनाहरु अघि बढाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…