अब पनि काँग्रेसको विकल्प खोज्नु मुर्खता : नेता यादव
उनले विभिन्न समयमा नेपाली काँग्रेसको नेतृत्व अन्य पार्टीको नेतृत्व भन्दा दृढ र बलियो रहेको उदाहरण दिए । उनले भने, “सबै दलको परीक्षण भएको छ , नेपाली काँग्रेस नै उत्कृष्ट हो भनेर भन्दिन, तर जति पनि दलहरुले सरकार चलाए, त्यसमध्ये उत्तम नेतृत्व सदैव नेपाली काँग्रेसको छ ।”

२०७८ कार्तिक १३ शनिबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रामकृष्ण यादवले नेपालमा यति हुँदा पनि काँग्रेसको विकल्प खोज्नु मुर्खता मात्र हुने बताएका छन् ।
शनिबार धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को शहिदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरमा आयोजित काँग्रेसको भातृ सँगठन तरुणको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता यादवले नेपाली काँग्रेस बाहेक अन्य दलले देश हाँक्न नसक्ने दाबी गरे ।
उनले विभिन्न समयमा नेपाली काँग्रेसको नेतृत्व अन्य पार्टीको नेतृत्व भन्दा दृढ र बलियो रहेको उदाहरण दिए । उनले भने, “सबै दलको परीक्षण भएको छ , नेपाली काँग्रेस नै उत्कृष्ट हो भनेर भन्दिन, तर जति पनि दलहरुले सरकार चलाए, त्यसमध्ये उत्तम नेतृत्व सदैव नेपाली काँग्रेसको छ ।”
नेपाली काँग्रेसका युवा नेता कृष्णा राय यादवको अध्यक्षतामा तथा पूर्व साँसद समेत रहेका यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको चियापान कार्यक्रमको क्रममा करिब डेढ सय युवाहरुले तरुण दलमा प्रवेश गरेका छन् ।
नेपाल तरुण दल धनुषाका अध्यक्ष सँजय लाभ कर्ण, उपाध्यक्ष राकेश विक्रम यादव, पूर्व साँसद दिनेश प्रसैला यादव , जेष्ठ नेता एवम् पूर्व साँसद शिवधारी यादव, नेतृ एवम् पूर्व साँसद मुक्ता यादव, नेता सुधिर गोइत लगायतको विशेष उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा दरुण दलका सक्रिय युवा नेताहरु सर्वजित यादव, राहुल यादव लगायतका सयौँ युवाहरुले सक्रिय उपस्थिति जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…